twitter

के तपाईं पनि Windows screen lock shortcut icon बनाउन चाहनुहुन्छ Windows screen lock भन्नाले जब तपाईं कम्प्युटर चलाउँदा चलाउँदै कुनै जरूरी कामले केहि समय को लागी आफ्नो कम्प्युटरबाट बिछोड़ीनुहुन्छ र फेरी केहि समय पछी कम्प्युटर चलाउन पर्यो भने तपाईं आफ्नो कम्प्युटर लाई Shutdown होइन Screen lock गरेर जानुहुन्छ किनकी Computer shutdown नै गर्यो भने तपाइंलाई खोल्नको लागी धेरै समय लाग्छ र Screen lock गर्नु भयो भने छिटै हुन्छ त्यसैले हजुरले जहिले पनि आफ्नो कम्प्युटर केहि समयको लागी मात्रै बिश्राम राख्नु छ र पुन:केहि समय पछी संचालन गर्नु छ भने पक्कै पनि Scree lock गर्नुहुन्छ र त्यसको लागी झन् सजिलो Screen lock shortcut icon नै बनाउन पाए कस्तो राम्रो हुन्थ्यो होला हैन र ......!

१. पहिला आफ्नो Desktop को खालि ठाउँमा Right click गर्नुहोस र New मा क्लिक गरेर Shortcut मा क्लिक गर्नुहोस
२. अब Shortcut मा क्लिक गरेपछी त्यहाँ एउटा नयाँ Windows खोलिनेछ र त्यहाँ हजुरले खाली ठाउँमा यो C:\Windows\System32\rundll32.exe user32.dll, LockWorkStation Code टाईप गर्नुहोस अनि तल Next बटन थिच्नुहोस
३. अब Next बटन थिचीसकेपछी अर्को Windows खुल्नेछ र त्यहाँ हजुरले आफुलाई चाहेको नाम लेख्नुहोस अथवा नलेख्दा पनि हुन्छ र तल Finish बटन दबाउनुहोस
अब तपाइंको Windows Screen lock shortcut icon तयार भैसकेको छ र यसलाई अझ तपाईं Shortcut keyboard बाट scree lock गर्न चाहनुहुन्छ भने यो लिंकमा गएर बनाउन सक्नुहुन्छ सुचना : त्यहा Shutdown को लागी लेखिएको छ कसरी बनाउने Shortcut keyboard key भनेर तर तपाईं त्यहि तरीका अपनाएर आफ्नो Windows screen lock को लागी पनि बनाउन सक्नुहुन्छ र Windows Screen lock icon change गर्न चाहनुहुन्छ भने यो लिंकमा गएर आफ्नो फाइदाको लाभ उठाउनुहोस धन्यबाद |
Sunday, December 23, 2012 | 0 comments |

0 comments:

Post a Comment