twitter

Internet इन्टरनेट,  विश्वको सबभन्दा ठूलो कम्प्युटर नेटवर्कको नाम इन्टरनेट  हो ।इन्टरनेटको बारेमा बुझ्नु अघि हामीले नेटवर्क भनेको के हो भन्ने कुरा थाहा पाउनुपर्छ । दुई वा दुईभन्दा बढी कम्प्युटरलाई आपसमा तार वा ताररहित माध्यमद्वारा जोडियो वा एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा रहेको डाटा वा प्रोग्रामलाई चलाउन सकियो भने त्यहाँ नेटवर्क भएको मान्नुपर्छ। नेटवर्क भनेको कम्प्युटरहरूबीचको सन्जाल हो र यो आकारको आधारमा तीन प्रकारको हुन्छ। १) Local Area Network यो सबैभन्द सानो आकारको नेटवर्क हो। यस्तो नेटवर्क एउटा घर वा क्याम्पसमा केही किलोमिटरसम्म फैलिएको हुन सक्छ। हामीले साइवर क्याफे, स्कुल, क्याम्पस आदि ठाउँमा देखेको नेटवर्क यही नै हो। २) Municipality Area Network यो नेटवर्क LAN कै ठूलो रूप हो। २-४ वटा घर मात्र नभई यस्ता नेटवर्क पूरा सहरभरि फैलिएको पनि हुनसक्छ। ३) Wide Area Network यस्तो नेटवर्कले ठूलो भौगोलिक क्षेत्र ओगटेको हुन्छ। यो प्रायः देश वा महादेशभरि फैलिएको हुन्छ र LAN तथा MANको तुलनामा आकारको हिसाबले यो निकै ठूलो हुन्छ। दुई वा दुईभन्दा बढी नेटवर्कहरू जोडिएर इन्टरनेटवर्क (Internetwork) बन्दछ।Computers धेरै प्रकार का हुन्छन् ।यहाँ हामी घर मा प्रयोग गरिने Desktop computers  कोबारेमा कुरा गरौ ।कम्प्युटर विद्युतीय प्रबिधि अन्तर्गत विकास भएको एक बिश्वब्यापी संजाल वा कम्प्युटरहरूको समूह हो पहिलोपटक इन्टरनेट शब्दको प्रयोग सन् १९३२ मा भएको थियो।जसमा संसार भरिका कम्प्युटर र सो सँग सम्बन्धित उपकरणहरू एक अर्कासँग सम्पर्कमा रही डाटाहरूको आदान प्रदान गर्न सक्छन। सं २०००को दशक यता सूचना प्रविधिको क्षेत्रमा बिश्वब्यापी रूपमा आएको क्रान्तिकारी परिवर्तनको पछाडि प्रमुख कारक तत्व इन्टरनेट नै रहेको छ। शुरुका दिनहरूमा पुरानो टेलिफोन र भू-उपग्रह प्रविधि मार्फत उपलब्ध एक बिशेष तर सानो आकारको सेवाको रूपमा शुरु भएको इन्टरनेट सेवाले हाल आएर संचार, मनोरंजन, शिक्षा आदि जीवनका अनेक अभिन्न पक्षहरूको लागि एक अपरिहार्य पूर्वाधारको रूप लिएको छ।
इण्टरनेटको इतिहास सन् १९५०को दसकतिर सुरु भयो जब कम्प्युटरको आविस्कार भयो । सन् १९८२मा TCP-IPको मापदण्ड तोकिए लगत्तै इण्टरनेटको जन्म भएको हो । बिगतमा इण्टरनेटलाई ARPANET भनिन्थ्यो जसको संजाल सुरुमा केवल चारवटा बिश्वबिध्यालयमा सिमित थियो : युसिलए, युसियसबि, स्ट्यान्फोर्ड् रिसर्च् इन्स्टिट्युट् र युनिभर्सिटि अफ् युताह । सित युद्धकालिन् परिस्थितिमा कुनै पनि स्थानमा भरपर्दो किसिमले सुचना आदान प्रदान गर्नको लागि इण्टरनेट संजालको परिकल्पना गारिएको थियो।
बिगतमा इण्टरनेट केवल साइन्टिस्ट, ईन्जिनियर, प्राध्यापकहरूमा मात्र सिमित थियो। इण्टरनेटको पुर्ण ब्यवसाईकरण सन् १९९५मा आएर मात्र भएको हो ।
नेटवर्क के हो ?
संसार भरि छरिएर रहेका करोडोउ कम्प्युटरको संजाल लाई नेटवर्क भनिन्छ । यि कम्प्युटरहरू एक आपसमा बिभिन्न मेटालिक केबल एवम् वायरलेस बाट जोडिएका हुन्छन् । यि कम्प्युटरहरू बिच सुचना आदान् प्रदान् गर्न बिभिन्न प्रोटोकोलहरू प्रयोग भएका हुन्छन् । नेटवर्कहरू बिभिन्न प्रकारका हुन्छन् जस्तै लोकल एरिया नेटवर्क, वाइड एरिया नेटवर्क, मेत्रोपोलिटन एरिया नेटवर्क, स्टोरेज एरिया नेटवर्क इत्यादि । इण्टरनेटलाई सन्सारको सबै भन्दा ठुलो नेटवर्क भनिन्छ ।'इन्टरनेटका पिता' डा. लियोनार्ड क्लिनराक लाई भनिन्छ
नेटवर्क कसरि चल्छ ?
कुनै पनि नेटवर्क चल्नलाई त्यसमा भएका कम्प्युटरहरू कुनै माध्यमबाट एक आपसमा जोडिएको हुनुपर्छ । TCP-IP प्रोटोकोलको प्रयोगले कम्प्युटरहरू एक आपसमा सुचना आदान् प्रदान् गर्ने गर्छन् । नेटवर्क चलाउनलाई बिभिन्न बिध्युतिय उपकरणहरूको प्रयोग् हुन्छ जस्तै राउटर, स्यिच्, इथर्नेट कार्ड् इत्यादि ।
नेटवर्कमा एकले अर्को लाई कसरि चिन्छ वा छुट्टयाउछ?
नेटवर्कमा एकले अर्को लाई छुट्टयाउनलाई आइपी ठेगानाको प्रयोग् हुन्छ । नेटवर्कमा रहेका हरेक कम्प्युटरको आ-आफ्नो आइपि ठेगाना हुन्छ ।
ब्यबस्थापन र संचालन
स्व-बिकसित र बिस्तारित
कुनै एकको स्वामित्व वा संचालनको आधिपत्य नभएको
वास्तविक आकार र सहभागी संख्या थाहा नहुने
सेवा, सुबिधा
संचार मध्यम
जानकारीको श्रोत
सामाजिक संजाल
बिध्युतिय व्यापार, कारोबार
बिध्युतिय मुद्रा
बिज्ञापन, प्रचार प्रसार
जानकारी प्रकाशन/प्रशारण गर्ने मध्यम
Category:
तस्बिर

कसरी सुरु भयो इन्टरनेट

इन्टरनेट आफैमा एउटा सञ्जाल नभइ विश्वभर छरिएर रहेका एउटा निश्चित नियममा काम गर्ने तथा एकैखाले सुविधा प्रदान गर्ने विभिन्न सञ्जालहरूको समूह हो। इन्टरनेट कुनै व्यक्ति वा संस्थाको योजना बमोजिम सुरुवात भएको हैन। त्यस्तै इन्टरनेट कसैको नियन्त्रणमा पनि छैन।

इन्टरनेटको इतिहास खोतल्दै जाँदा संयुक्त राज्य अमेरिकाले विकास गरेको आर्पानेट सम्म पुग्न सकिन्छ। सन् १९५० को अन्त्य तिर जति बेला शीतयुद्ध चरम अवस्थामा पुगेको थियो, त्यति बेला अमेरिका जस्तोसुकै युद्धमा पनि भरपर्दो रुपमा काम गर्न सक्ने सञ्जाल प्रणालीको विकास गर्न लागिपरेको थियो। त्यतिबेला प्रयोग हुने सबै टेलिफोन प्रणाली केन्द्रीय स्तरमा काम गर्ने गर्थे, जुन अति नै असुरक्षित थियो। टेलिफोनको केन्द्रमा हमला भएको खण्डमा पुरै टेलिफोन प्रणाली नै ध्वस्त हुने सम्भावना थियो। त्यसैले टेलिफोन सञ्जाल प्रणालीको विकल्पको रुपमा अमेरिकाको Department of Defense ले RAND Corporation लाई एक सुरक्षित तथा भरपर्दो सञ्जाल प्रणालीको बिकास गर्ने काम सुम्पियो।

त्यस RAND Corporation का Paul Baran नामक एक इन्जिनियरले स्विचिङ प्रविधिमा आधारित एक विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा अगाडि ल्याए। Baran ले यस सम्बन्धी धेरै रिपोर्टहरू अमेरिकाको Pentagon मा पठाए र अन्ततः Pentagon ले यस प्रकारको सञ्जाल विकास गर्ने जिम्मा अमेरिकाको त्यस बेलाको सबैभन्दा ठूलो टेलिफोन कम्पनी AT&T लाई दियो। तर AT&T जस्तो ठूलो कम्पनीले Baran जस्तो सामान्य व्यक्तिले विकास गरेको प्रविधिलाई पत्याउने कुरै भएन। स्विचिङ प्रविधिमा आधारित त्यस विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा त्यसै तुहिएर गयो।

निकै लामो समयसम्म पनि भरपर्दो सञ्जाल प्रणालीको विकास हुन नसकेपछि अमेरिकी सरकारले यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नका निम्ति Advanced Research Projects Agency वा ARPA नामक संस्थाको सुरुवात गर्‍यो। सन् १९६७ तिर ARPA का निर्देशक Larry Roberts ले Paul Baran ले विकास गरेजस्तै Packet Switching मा आधारित सञ्जाल प्रणाली को अवधारणा अगाडि ल्याए। यसै प्रविधिमा आधारित ARPANET नामक सञ्जाल प्रणालीको पनि उनले निर्माण गरे।
यस प्रविधिद्वारा विभिन्न स्थानमा रहेका दुई कम्प्युटरहरूलाई जोड्न सकिन्थ्यो। यसरी सूचना आदानप्रदानका निम्ति कम्प्युटरमा Interface Message Processors अर्थात् IMP नामक मिनि-कम्प्युटर जोडिन्थ्यो। फरक फरक स्थानमा रहेका यी दुई IMP हरुबीच टेलिफोन लाइनको माध्यमद्वारा ५६ किलोवाइटको गतिमा सूचना आदानप्रदान हुन्थ्यो। यस ARPANET सञ्जाल प्रणालीमा सर्वप्रथम California विश्वविद्यालय, क्याम्ब्रिज अनुसन्धान केन्द्र, UCSB र Utah विश्वविद्यालय जोडिए। सन् १९७० को मध्यसम्ममा MIT, Harvard, BBN र Systems Development Corporation पनि यस सञ्जालमा जोडिए। आउँदा वर्षहरूमा अन्य धेरै संघ संस्था तथा विश्वविद्यालयहरू यस सञ्जालमा जोडिए।
ARPANET को यस स्वरूप नै इन्टरनेटको सुरुवात थियो। तर यो इन्टरनेटको सञ्जाल अहिलेजस्तो चलाउन सजिलो पक्कै पनि थिएन। यस ARPANET को प्रयोग केबल कम्प्युटर विज्ञ, इन्जिनियर तथा वैज्ञानिकहरू ले गर्ने गर्दथे।
सन् १९७२ मा Ray Tomlinsonले इन्टरनेटको सम्भवत: सबैभन्दा महत्वपूर्ण आविष्कार इमेलको बिकास गरे। इमेल ठेगानामा प्रयोग हुने प्रख्यात @ को छनौट पनि उनैले गरेका हुन्। यसबाहेक सञ्जालमा रहेका कम्प्युटरहरू चलाउन प्रयोग हुने telnet तथा फाइलहरू आदानप्रदान गर्न प्रयोग हुने ftp को विकास पनि त्यसैताका भयो।
इन्टरनेटको यति विकास भइसक्दा पनि सूचना आदानप्रदान गर्न कुनै एक निश्चित प्रणाली थिएन। सन् १९७० को दशकमा Stanford विश्वविद्यालयका Bob Kahn र Vint Cerf ले TCP/IP नामक सुचना आदानप्रदान गर्ने प्रणालीको बिकास गरे, जुन आज पनि प्रयोग हुने गर्दछ। यस प्रणालीको प्रयोग गर्ने पहिलो संस्था अमेरिकाकै Defense Department थियो। सन् १९८३ सम्ममा इन्टरनेटमा जोडिएका सबैले यस TCP/IP प्रणालीको प्रयोग गर्न थाले। सन् १९८० दशकको अन्त्यसम्ममा धेरै व्यापारिक संघसंस्थाहरू पनि इन्टरनेटमा जोडिन थाले जसले गर्दा इन्टरनेटको विकास द्रुत गतिमा हुन थाल्यो।
 इन्टरनेटको यति विकास भइसक्दा पनि सन् १९९० को सुरुवात सम्म इन्टरनेटको प्रयोग केवल अनुसन्धानकर्ता, सरकारी क्षेत्र तथा विश्वविद्यालयहरूले मात्र गर्थे। इन्टरनेट सर्वसाधारणले प्रयोग गर्न मिल्ने गरी सजिलो भइसकेको थिएन। तर सन् १९९० मा CERN अनुसन्धान केन्द्रका वैज्ञानिक Tim Berners Lee ले विकास गरेको World Wide Web ले इन्टरनेटको नयाँ ढोका खोलिदियो। World Wide Webलाई हामी www को नामबाट पनि चिन्दछौ।
 धेरैले www लाई नै इन्टरनेट भन्ने गर्छन्, तर यो गलत धारणा हो। इन्टरनेट भन्नाले विश्वभर रहेका सञ्जालको समूहलाई जनाउँछ, जबकि www इन्टरनेटमा सूचना आदानप्रदान गर्न प्रयोग गरिने धेरै प्रणालीहरू मध्ये एक हो।
 www को निर्माणले इन्टरनेटमा सूचना आदानप्रदान गर्न धेरै सजिलो भए पनि अहिले जस्तो क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सुविधा थिएन। यसरी क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सफ्टवेयर, जसलाई Browser भनेर चिनिन्छ, यसको निर्माण Illinios स्थित National center for Supercomputer Application का अनुसन्धानकर्ता Marc Andreessen ले गरेका हुन। यस पहिलो Browser को नाम Mosiac थियो। पछि उनै Marc Andreessen ले Netscape Corporation को पनि सुरुवात गरे जसले निर्माण गरेको Netscape Navigator नामक इन्टरनेट browser निकै प्रख्यात पनि भयो। यसै इन्टरनेट browser को सफलतालाई पछ्याउदै माइक्रोसफ्टले पनि Internet Explorer नामक browser को विकास गर्‍यो, जुन अहिलेको एक प्रमुख ब्राउजरमा पर्दछ।
 इन्टरनेटको विकासका लागि अमेरिकी सरकारले लगानी गरेकाले पहिले सर्वसाधारणलाई इन्टरनेटको प्रयोग गर्ने अनुमति थिएन। तर www को सफलता पछि धेरै इन्टरनेट प्रदायक कम्पनीहरू खुले जसले सरकारी सञ्जालको भर नपर्ने गरि आफ्नै सञ्जालको विकास गरे। सन् १९९५ सम्ममा अमेरिकी सरकारले इन्टरनेट प्रयोग गर्न बन्देज लगाउने सम्पूर्ण नियमहरू खारेज गर्‍यो। अमेरिकामा AOL, Prodigy र CompuServe जस्ता चर्चित इन्टरनेट प्रदायक कम्पनीहरू सुरु भए। इन्टरनेटको प्रयोग विश्वव्यापी रुपमा पनि हुन थाल्यो।
 आजको दिन सम्ममा इन्टरनेटले लामो फड्को मारिसकेको छ। ARPANET मा जोडिएका ४ कम्प्युटरहरूबाट सुरु भएको इन्टरनेटमा अहिले एकैपटकमा १ अरब भन्दा बढि प्रयोगकर्ताहरू जोडिएर रहेको हुने गर्दछ। इन्टरनेटको विकासको क्रम अझै पनि जारी छ र भविष्यमा अहिलेको भन्दा द्रुत गतिको र उच्चस्तरीय सुविधायुक्त इन्टरनेटको विकास हुने कुरामा दुईमत नहोला।

हिन्दीमा 

इंटरनेट (या इंटरनेट) परस्पर कंप्यूटर नेटवर्क है कि मानक इंटरनेट प्रोटोकॉल सुइट (टीसीपी / आईपी) का उपयोग करने के लिए दुनिया भर के उपयोगकर्ताओं के अरबों की सेवा की एक वैश्विक प्रणाली है. यह नेटवर्क का एक नेटवर्क है कि निजी, सार्वजनिक, शैक्षिक व्यापार, के लाखों, और वैश्विक गुंजाइश है, कि इलेक्ट्रॉनिक, वायरलेस और ऑप्टिकल नेटवर्किंग प्रौद्योगिकियों के एक व्यापक सरणी से जुड़े हुए हैं के लिए स्थानीय सरकार के नेटवर्क के होते है. इंटरनेट वर्ल्ड वाइड वेब (WWW) और ईमेल समर्थन बुनियादी ढांचे के अंतर से जुड़े hypertext दस्तावेजों के रूप में जानकारी संसाधनों और सेवाओं की एक विस्तृत श्रृंखला वहन करती है.
सबसे पारंपरिक टेलीफोन, संगीत, फिल्म और टेलीविजन सहित संचार मीडिया reshaped किया जा रहा है या इंटरनेट के द्वारा नए सिरे से परिभाषित, इंटरनेट प्रोटोकॉल (वीओआईपी) और इंटरनेट प्रोटोकॉल टेलीविजन (आईपीटीवी) से अधिक आवाज के रूप में नई सेवाओं को जन्म दे रही है. समाचार पत्र, किताब, और अन्य मुद्रण प्रकाशन वेब साइट प्रौद्योगिकी के लिए अनुकूल हैं, या ब्लॉगिंग और वेब फ़ीड में reshaped. इंटरनेट सक्षम है और त्वरित त्वरित संदेश, इंटरनेट फोरम और सामाजिक नेटवर्किंग के माध्यम से मानव बातचीत के नए रूपों. ऑनलाइन शॉपिंग प्रमुख खुदरा दुकानों और छोटे कारीगरों और व्यापारियों के लिए दोनों boomed है. इंटरनेट पर व्यापार करने के लिए व्यापार और वित्तीय सेवाओं पूरे उद्योग भर में आपूर्ति श्रृंखला को प्रभावित करते हैं.
इंटरनेट के मूल वापस पहुँचने के लिए 1960 के दशक के अनुसंधान, मजबूत, दोष सहिष्णु, और वितरित कंप्यूटर नेटवर्क के निर्माण के लिए संयुक्त राज्य अमेरिका की सरकार द्वारा कमीशन. एक नई अमेरिकी रीढ़ की हड्डी के 1980 के दशक में राष्ट्रीय विज्ञान फाउंडेशन, के रूप में के रूप में अच्छी तरह से अन्य वाणिज्यिक backbones, नई नेटवर्किंग प्रौद्योगिकियों के विकास में भागीदारी के लिए दुनिया भर में नेतृत्व, और कई नेटवर्क के विलय के लिए निजी धन से धन. क्या एक अंतरराष्ट्रीय नेटवर्क 1990 के दशक के द्वारा किया गया था के व्यावसायीकरण आधुनिक मानव जीवन के लगभग हर पहलू में अपने लोकप्रिय और समावेश में हुई. जून 2012 के रूप में, 2.4 अरब से अधिक मानव दुनिया के एक तिहाई से अधिक लोगों को इंटरनेट की सेवाओं का इस्तेमाल आबादी है
इंटरनेट या तो तकनीकी या उपयोग और उपयोग के लिए कार्यान्वयन नीतियों में कोई केंद्रीकृत शासन है, प्रत्येक घटक नेटवर्क अपने स्वयं के मानकों का सेट. केवल इंटरनेट में दो प्रमुख नाम रिक्त स्थान की परिभाषाओं overreaching, इंटरनेट प्रोटोकॉल पता अंतरिक्ष और डोमेन नाम प्रणाली, एक अनुरक्षक संगठन, निरुपित नाम और नंबर (आईसीएएनएन) के लिए इंटरनेट निगम द्वारा निर्देशित कर रहे हैं. तकनीकी underpinning और कोर प्रोटोकॉल (IPv4 और IPv6) के मानकीकरण इंटरनेट इंजीनियरिंग टास्क फोर्स (IETF), शिथिल संबद्ध अंतरराष्ट्रीय प्रतिभागियों है कि किसी के साथ तकनीकी विशेषज्ञता योगदान से संबद्ध करने के लिए कर सकता है एक गैर - लाभकारी संगठन के एक गतिविधि है.
Friday, February 1, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment