twitter

Computer कम्प्युटर
'"कम्प्युटर"' Scientific बैज्ञानिक आविस्कार द्धारा गरिएको बिज्ञानको एक अति उन्नत विकास भएको यन्त्र या उपकरण हो। A computer is an electronic device that manipulates information, or data. It has the ability to store, retrieve, and process data. You may already know that you can use a computer to type documents, send email, play games, and browse the Web. You can also use it to edit or create spreadsheets, presentations, and even videos. कम्प्युटर एक इलेक्ट्रोनिक उपकरण हो जुन सूचना, वा डाटा को प्रबन्ध गर्दछ। योसँग भण्डार, पुनःप्राप्त र डाटा प्रक्रिया गर्ने क्षमता छ। तपाईंले पहिले नै थाहा पाउन सक्नुहुन्छ कि तपाइँ कागजातहरू टाइप गर्न, ईमेल पठाउनुहोस्, खेल खेल्न, र वेब ब्राउज गर्न कम्प्युटर प्रयोग गर्न सक्नुहुनेछ। तपाईं यसलाई सम्पादन गर्न वा स्प्रिेडिडसिटहरू, प्रस्तुतीकरण, र भिडियोहरू सिर्जना गर्न पनि प्रयोग गर्न सक्नुहुनेछ। जसलाई नेपालीमा ' सुशाङख्या ' पनि भनिन्छ।यो एक मानव निर्मित Device यन्त्र भएतापनि मानब लेनै घण्टौ,घण्टा लगाएरपनि गर्न नसक्ने कुनै पनि सरल या जटिल काम लाई क्षीणभरमै सरल तरिकाले छिटैनै गर्न सक्दछ । यो मानवजातीले बनाएतानि यसको मेमोरी मानवजातीको भन्दा अरबौ गुणा बढी हुने हुदा यस एक्काईसौं शताब्दी मा कम्प्युटर अति आवस्येक भएकोछ । यो एउटा प्रोग्रामेबल यन्त्र हो । यस यन्त्रको बनावट लगातार स्वचालित भई गणितिय अथवा तार्किक क्रमांकहरुको कार्य पुरागर्ने यन्त्र हुन्छ । हामीले दिने सबै आदेश हरु Computer कम्प्युटर ले पढ्न सक्ने भाषामा अनुबादगर्ने कार्य भाषा (Program) ले मानबभाषा र Computer कम्प्युटर  बिचमा अनुवादकको काम गर्छ त्यस्तो सम्यन्त्र लाई Interpreter ईन्टरपेटर भनिन्छ । कुनै पनि क्रमांकहरुको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटर लाई एक भन्दा धेरै समस्याहरु समाधान गर्न प्रयोग गर्न सकिन्छ।सामान्यत कम्प्युटरमा हुने एक प्रकार  को Computer Memory मा तथ्याङ्क भण्डारण गरिन्छ,कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमांक तथा नियन्त्रण वस्तुले कार्य को श्रेणी जानकारी को भण्डारणको आधारमा परिवर्तन गर्दछ। यस मा हुने पेरिफेरल साधन हरु ले जानकारिलाई बाहिरी स्रोतबाट भित्र्याउनुका साथै परिणामलाई बाहिर श्रोतासमक्ष पुर्याउँछ्न् । कम्प्युटरको प्रोसेसिङ बिभाग ले जानकारीहरुको पंक्ति  सम्पादन गरेर  तथ्याङ्क पाठने निर्वाहित गर्ने तथा भण्डारण गर्ने गर्दछ ।निर्णायक जानकारीले क्रमांकिक जानकारीलाई यन्त्रको अथवा वातावरणको हालको अवस्थाको क्रित्यका आधारमा परिवर्तन गर्छ । पहिलो बिध्युतिय कम्प्युटरहरु बिसौ शताब्दिको मध्ये (सन्1940_1945)मा युरोप मुलुक को ब्रिटिस या( युनाईटेड किगडम्) यू .के र अमेरिका (यु .एस) जस्ता देश बाट विकसित भएका हुन् । यस को पहिलो  आबिस्कारक यिनी हरु धेरै ठुला ,ठुला थिए  जस्तै एक कम्प्युटर  राख्न लाई एक  ठुलो घर नै चाहिन्थ्यो । किनकि तिनीहरु ठुला कोठाको जत्रो नाप भएक  बिध्युतिय खपत हजारौं आधुनिक कम्प्युटरहरु ले जति खालका थिए । आधुनिक कम्प्युटरहरु ईन्टि ग्रेटेड सर्किट्स प्रविधिका आधार मा बन्ने भएकाले यिनीहरु पहिलेका यन्त्र भन्दा लाखौ-करोडौ  गुना बडि क्षमतावन्  र नाप मात्र केहि अंशका  हुन्छन् ।सामान्य कम्प्युटरहरु प्रशस्तै सानो  हुने हुदा यिनिहरु मोबाईल साधन मा सजिलै अटाउँछन् Mobile Phone मोबाईल फोन  Computer कम्प्युटर लाई विध्युतिय पावर साना Battery ब्याट्री बाट उपलब्ध गराउन सकिन्छ।  पर्सनल Computer कम्प्युटरहरु आफ्नो अनेकौ रुप , ईन्फर्मेसन् युग का मर्ति हुनुका साथै धेरै मनिसले सोच्ने गरेका "कम्प्युटर्स "हुन् ।अन्तत : ईम्बेडेड कम्प्युटर हरु धेरै खाले उपकरणहरु Mp3 players एम पि थ्रि प्लयेर्स देखि आधुनिक युद्ध बिमान र  खेलौना देखि उध्योग यन्त्रमानब सम्म पनि प्रयोग गरिन्छ ।अर्को तरिका ले भन्नुपर्दा कम्प्युटर भन्नाले स्वचालित रूपमा शब्द, अंक, चित्र तथा आवाजहरूलाई प्रशोधन तथा भण्डारण गर्न सक्ने विद्युतिय साधन भन्ने बुझिन्छ। यो शब्द ल्याटिन भाषाको कम्प्युटारे Computare भन्ने शब्दवाट व्युत्पत्ति भएको हो जसको अर्थ हरहिसाब गर्नु भन्ने हुन्थ्यो। हरहिसाब गर्न सरल बनाउने उद्देश्यका साथ मानवजातीले गरेको निरन्तर अध्ययन र विकासको नतिजा आज कम्प्युटर अत्यन्त शक्तिशाली, शिघ्र प्रशोधन र व्यापक भण्डारण गर्न सक्ने साधनको रूपमा प्रस्तुत भैरहेको छ र यसको विकास गति अथै थामिएको छैन बरू अझ उच्च दरमा बढ्दैनै छ।आजको विश्वमा प्रयोग भैरहेका विभिन्न विद्युतिय डिजिटल साधनहरू र कम्प्युटरका बीचमा के भिन्नता छ र कम्प्युटरलाई एक अलग अस्थित्व कसरी प्राप्त भैरहेको छ भन्ने बुझ्नको लागि यसका विशेषताहरूबारे जानकारी हुनु जरूरी हुन्छ। एउटा क्यालकुलेटर पनि डाटा प्रशोधन गर्ने विद्युतिय साधन नै हो तर यो कम्प्युटर होइन। मोवाइल फोन, आइपोड र अरू विभिन्न आधुनिक साधनहरू कम्प्युटरका सुविधाहरूमध्ये केही सुविधा प्रदान गर्न सक्षम छन् तर ती कम्प्युटर किन होइनन् भन्ने बुझ्न कम्प्युटरको विशेषताहरू माथि ध्यान दिनु पर्दछ। कुनैपनि साधन कम्प्युटर हुन निम्न लिखित विशेषताहरू ग्रहण गरेको हुन पर्दछ। आधुनिक युग को बिकास मा कम्प्युटर को योगदान अमूल्य हरेको  छ।   किनकिआज एक्काईसौं शदब्ती को युगमा कुनै पनि क्षेत्रमा जस्तै सरकारी कम काज देखि लिएर बिजिनेस क्षेत्र मा उदाहरण जस्तै हवाई जहाज टिकेट ATM card एटीएम कार्ड मेसिन Digital studio डिजिटल स्टूडियो कुनै पनि कम को लागि बिज्ञान टेक्निक  संचार एबं शिक्षा को साथ कम्प्युटर को अहम् भूमिका रहेको छ। आज को यो युग मा सबै काम लाई एक सुत्र मा बाधिदिएको छ Internet इन्टरनेट ले त Computer कम्प्युटर को प्रचार-प्रसार को बडो भूमिका निभाएको छ आज हामी यहि इन्टरनेट ले गर्दा नै  संसार को एक कुना बाट दोस्रो कुना मा आखा झिमक नहुदै सम्पर्क गर्न  सकिन्छ। जस्तै Email इमेल ले त पत्र ब्यबहार को काम छिन भर मै गरिदिन्छ जसलाई हुलाक या  डाक बाट कयौ दिन लाग्थियो  जस्तो तरिका ले कम्प्युटर को विकास भएको छ तेस्तै  तरिका बाट नै दुनिया को विकास पनि उन्नत भएर गएको छ यसै ले त अब को यूग लाई कम्प्युटर को युग भनिन्छ यसरिले हर क्षेत्र  को एक नया आयाम दिन्छा शिक्षा को क्षेत्र  यसको बढी महत्व छ आज को यो पाठ्यक्रममा Computer कम्प्युटर अनिबार्य बने को छ संगीत सुन्न होस् या फिल्म हेर्न Computer कम्प्युटर कै आबसेकता छ यसै खुबी भएकोले कम्प्युटरको हर कार्यमा सक्षम को प्रमाण प्रदान गर्दछ। Computer कम्प्युटर मा प्रयोग हुने आई.सी.चिप सिलिकन ले बनेको हुन्छ ।कम्प्युटर एउटा अति नै उपयोगी विद्यूतीय उपकरण हो जसले छिटोछरितो रूपले दिइएको तथ्यांङ्क प्रशोधन गरी चाहिए जसरी प्रस्तुत गर्दछ। सानोदेखि ठूलोसम्म हरहिसाब छिनमै गर्ने, ठूलठूला रेकर्डहरू राख्‍ने र चाहिएका बेला हेर्न, झिक्न सकिने भएकाले दिनदिनै यसको लोकप्रियता बढीरहेको छ। टाइप गर्न होस् वा घरबसीबसी विश्वभर सुचना आदान प्रदान गर्न होस्, सिनेमा हेर्न होस् वा खेल खेल्न आधुनिक युगमा कम्प्युटर हरेक घरको अनिवार्य आवश्यकता हुन थालेको छ। त्यसैले यसबारे सामान्य जानकारी हासिल गर्न सबैका लागि आवश्यक छ। 
कम्प्युटर लोकप्रिय हुनाका कारणहरूः
Compatible (हरेक क्षेत्रमा प्रयोग हुनसक्ने)- यसले आवश्यकता अनुसार विभिन्न क्षेत्रको काम गर्नसक्ने बनाउन र विभिन्न क्षेत्रमा काम लगाउन सकिन्छ। सिंगो कम्प्युटर एक्लै चलाउन सकिन्छ भने विभिन्न अन्य उपकरणहरूलाई संचालन र नियन्त्रण गर्नमा पनि यसको उपयोग हुन्छ।Efficient (प्रभावकारी)- यसले सानासाना देखि लिएर ठूला ठूला जटील र झन्झटिला कामहरू नथाकिकन निरन्तर गरिरहन सक्छ।Reliablity (विश्वसनीय)- यसले कठीन र जटील कामहरू सही ढंगले गर्दछ। मानिसले गर्ने काममा अन्जानमै गल्तीहरू हुने सम्भावनाहरू धेरै हुन्छन् तर कम्प्युटरलाई सही तथ्याङ्क र सही निर्देशन दिएमा यसले गर्ने काममा गल्ती (Error) हुँदैन।Storage & Quick Processing (भण्डारण र तीब्र तथ्याङ्क प्रशोधन)- यसले धेरै तथ्यांङ्क भण्डार गर्ने र चाहिएको बेलामा आवश्यकता अनुसार छानेर झट्टै उपलब्ध गराउन सक्छ।आधुनिक जमानामा सूचना प्रणाली (Information Technology) को विकास भै विश्वब्यापी रूपमा यसले बजार मात्र लिन सकेको होइन कि ब्यापक लोकप्रियता पनि हासिल गर्नसक्यो। इन्टरनेटको आविस्कारबाट इ-कमर्स (विद्यूतिय ब्यापार) सम्भव भयो। अब मानिसले घर बसी-बसी विश्वको कुनैपनि ठाउँबाट चाहिएको बस्तु हेर्न, मोलतोल गर्न र किन्न पनि सक्ने भयो। इन्टरनेट र इमेलको प्रयोगबाट छोटो समयमा, सस्तो मोलमा विश्वका कुना-कुनामा चिठीपत्र-समाचार आदान प्रदान गर्न मात्र होइन अहिले त इन्टरनेट फोन मार्फत लोकल फोन सरह अमेरिका, अष्ट्रेलिया आदि टाढाटाढाका देशहरुमा फोन गर्न सकिने भएको छ। त्यसैले आधुनिक युगका नरनारी सूचना प्रणाली तर्फआकर्षित हुन थाले र विश्व बजारका ब्यापारीहरु पनि यसै क्षेत्रमा लगानी गर्न हात धोएर लाग्न थाले। यी सबैको पछाडी एउटै कुरा थियो कम्प्यूटर। भू उपग्रहभित्र र पृथ्वीमा रहने भू उपग्रह केन्द्रको कन्ट्रोल रुममा रहने कम्प्यूटरले एक सेकेण्डको सयौं भागमा सूचना आदान प्रदान गर्ने भएकोले अत्याधुनिक सूचना प्रविधिहरुको विकास गर्न सम्भव भयो।
कम्प्युटरमा के के हुन्छ -
कम्प्युटरमा मुख्यतः ३ अंग हुने गर्छन्
१. इनपुट (Input) -तथ्यांक हाल्ने माध्यम
२.प्रोसेसर (Processor)- कार्य सम्पादन कक्ष
३.आउटपुट (Output) -निस्कने माध्यम
Input 
इनपुट डिभाइस मा किबोर्ड, माउस, स्क्यानर, माइक्रोफोन, जोएस्टीक पर्दछन्। यी डिभाइसहरूबाट कम्प्युटरलाई काम अह्राउने र तथ्यांक हाल्ने गरिन्छ।
Processor
प्रोसेसिङ (सम्पादन कक्ष) मा सिपियू बाकस पर्दछ। प्रोसेसरले अह्राए अनुसार तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
Output
आउटपुट डिभाइस (निस्कने माध्यम) का माध्यमबाट कम्प्युटरले प्रशोधन गरेका तथ्यांकहरू हेर्न वा झिक्न सकिन्छ। मोनिटर प्रिण्टर, साउण्ड बक्स आदिलाई आउटपुट डिभाइस का रूपमा लिन सकिन्छ।
यो कम्प्युटरको स्क्रीन हो। कम्प्युटरमा के काम भैरहेको छ, के काम गर्न के निर्देशन (Command) दिनु पर्छ भन्ने हेर्न मोनिटर प्रयोग हुन्छ। मोनिटर सिपियू बाकसको VGA (Display कार्ड) मा डाटा केबुल (VGA केबुल) का माध्यमबाट जोडिएको हुन्छ। मोनिटरको लागि छुट्टै बिजुली चाहिने भएकाले यसमा एउटा पावर केबुल पनि जोडिएको हुन्छ। कुनै मोनिटरमा सिपियूको पावर सप्लाई यूनिट बाटै पावर केबुल जोड्न मिल्छ भने कुनै मोनिटर सीधै बिजुलीको प्लगमा जोडिन्छ। साधारण मोनिटर टेलिभिजन सेट जस्तै क्याथड्रे ट्युब प्रयोग गरी बनाइएको हुन्छ। आजकल एल.सी.डी. डिस्प्ले भएका फ्ल्याट र प्लाज्मा मोनिटरको प्रयोग पनि बढ्दै गैरहेको छ। कुनैकुनै मोनिटरबाट नै कम्प्युटरमा निर्देशन (Command) दिन मिल्छ जसलाइ टचस्क्रीन भनिन्छ। मोनिटरलाई भि.डि.यू. (Visual Display Unit) पनि भनिन्छ।कम्प्युटरमा प्रयोग हुने आई.सी.चिप सिलिकन ले बनेको हुन्छ सि पि यू बाकस (CPU Box) वा क्याविनेटक्याविनेट वा केसिङ सबैतिर बन्द गरिएको बाकस आकारको हुन्छ। साधारण बोलचालको भाषामा कम्प्युटरको मुख्य बाकसलाई सि पि यू बाकस भन्ने गरिन्छ। कम्प्युटरका इनपुट र आउटपुट का सबै यन्त्रहरू यसमा आवद्ध हुन्छन्। त्यसैले कम्प्युटरको सबैभन्दा महत्वपूर्ण भाग पनि यही नै हो। कम्प्युटरको दिमाग नै सि पि यू अर्थात् केन्द्रीय सम्पादन इकाइ हो। छोटकरीमा यसलाई प्रोसेसर मात्र पनि भनिन्छ। यो सिपियू बाकसभित्र रहेको मदरबोर्ड मा जोडिएको हुन्छ। यसैको गति (CPU Speed) का आधारमा कम्प्युटरको क्षमता निर्भर रहन्छ। हामीले अह्राए अनुसार प्रोसेसरले तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
कम्प्युटर विकास क्रमको संक्षिप्त इतिहास
कम्प्युटर करिब इशापूर्व ३००० तिर भएको एवाकसको आविस्कार कम्प्यूटरको प्रारम्भिक रूप मानिएको छ। पछि अंकको प्रयोग हुनथालेपछि हिसाब किताबको विकास अत्याधिक भएको मानिन्छ। सन् १६१४ मा स्कटल्याण्डका जोन नेपियरले नेपियर्स बोन, १६२० मा विलियम ओज्ट रेड ले स्लाइड रुल, १६४२ मा फ्रान्सका पास्कलाइनले पास्कलाइन नामक जोड घटाउ यन्त्र, १६७१ मा लेबनाइट्ज ले लेबनाइट्ज क्यालकुलेटर तथा सन् १८२२ मा बेलायतका चार्ल्स बेबेजले डिफरेन्स इन्जिन र एनालिटिकल इन्जिनको आविस्कार गरेका थिए। तर यी सबै कार्यहरु कम्प्यूटरको पूर्णताबाट बाहिर थिए। सन १८८० मा अमेरिकाको जनगणना सर्बप्रथम प्रयोग शुरु गरिएको रेकर्डहरु प्रशोधन गर्ने कार्यमा धेरै समस्या देखिएकाले अमेरिका बसाईं सरेका जर्मन डा. हर्मन होलेरिथले सन् १८८७ तिर प्रतिमिनट २०० वटा कार्डहरु पढेर छुट्याउन सक्ने Punched कार्ड Tabulating Machine बनाए जसका लागी उनीले सम्मान पनि पाएका थिए। अन्तमा सन् १९३६ मा Howard Akin ले MARK-I नामको अटोमेटिक हिसाब गर्ने यन्त्र बनाएपछि यस क्रमले नयाँ मोड लियो। त्यस्तै १९४२ मा जोन भी एटानासफ्टले ABC (Atanasoft Berry Computer), १९४३ मा जुसे कोनरेडले Z-3, १९४४ मा हावर्ड एकिनले MARK-II कम्प्यूटर बनाएका थिए तापनि यी कम्प्यूटरहरु अति अजंगका थिए। यी सबै Electro-mechanical Computer थिए।अन्तत, १९४४ मा हंगेरीका गणितज्ञ जोन भोन न्यू मेनले Edvac नामको कम्प्यूटरको परिकल्पना गरी कार्य गरे पनि पूर्ण रूपमा सफल हुन सकेनन्। सन् १९५२ मा जे प्रेस्पर एकर्ट र जोन मौच्ले ले संयुक्त रूपमा Univac कम्प्यूटर तयार गरे। यी सबै प्रथम पुस्ताका कम्प्यूटरहरु थिए। आधुनिक कम्प्यूटरको शुरुवात यसै लाइ मानिएको छ। त्यसपछि दोश्रो, तेश्रो, तथा चौथो पुस्ताका कम्प्यूटरहरु को आविस्कार भयो। अहिले बजारमा IBM PC, Apple Macintosh, Acer, Siemens, Compaq, Dell, Gateway आदि नामका कम्प्यूटरहरु पाइन्छन्। नेपालमा पनि मर्केन्टाइल अफिस सिस्टमले मर्केन्टाइल पि सी र बेल्ट्रोनिक्स ट्रेडर्सले बेल्ट्रोनिक्स पिसी नामका कम्प्युटर उत्पादन गर्न थालेका छन्।हाल पाइने कम्प्यूटरहरुमा अत्याधुनिक कम्प्यूटर भनेर माइक्रो कम्प्यूटर पेन्टीयम IV लाइ मान्न सकिन्छ। यी कम्प्यूटरहरुमा अति तीब्र गतिमा काम गर्नसक्ने माइक्रो प्रोसेसरको प्रयोग गरिएको हुन्छ। यस्ता कम्प्युटरलाइ जुनसुकै सफ्टवेयर राखेर पनि काम गर्नसक्ने बनाइएको हुन्छ। कम्प्यूटरमा नेटवर्क तथा इन्टरनेटको सहायताले ब्याङ्क तथा वित्तीय संस्थाहरुले केही मिनटमैं विदेशमा भएको पैसा नेपालमा भुक्तान दिने प्रविधिको विकास भएको छ, त्यसैले ब्याङ्कहरुले यसको प्रयोग अत्याधिक रूपमा गर्नथालेका छन्। यसका अतिरिक्त एयर टिकटिङ्ग, ट्राभल एजेन्सी हरुले आफ्नो ब्यवसायमा कम्प्यूटरको प्रयोग बाट अत्याधिक लाभ लिन सफल भैरहेका छन्। वास्तवमा भन्दा सूचना, संञ्चार, यातायात, शिक्षा, स्वास्थ्य, रक्षा आदि लगायतका सबै क्षेत्रमा कम्प्यूटरको ब्यापक प्रयोग भएको छ। 
Sunday, January 13, 2013 | 1 comments | Labels:

1 comments:

  1. Anonymous
    April 7, 2022 at 9:36 PM

    W3Computercourse Online Training How To Do Learn Computer Education Online Service Course >>>>> Download Now

    >>>>> Download Full

    W3Computercourse Online Training How To Do Learn Computer Education Online Service Course >>>>> Download LINK

    >>>>> Download Now

    W3Computercourse Online Training How To Do Learn Computer Education Online Service Course >>>>> Download Full

    >>>>> Download LINK av

Post a Comment