twitter

नमस्कार छ तपाइंहरुलाई  केहि दिन अगाडी मैले Computer मा रहेको Taskbar को Start Button लाई बदलेर आफ्नै राष्ट्रिय चिन्हरुले सजाउने तरीका बताएको थिएँ र केहि साथीहरुले त्यसलाई सजिलै संग प्रयोग गरेर मलाई धन्यबाद दिए भने केहि साथीहरु को लागी हल्का असहज भयो भन्दै हुनुहुन्थ्यो कसरी गर्नु भयो त्यो मैले बुझ्न सकिन त्यसैले उहाँहरुलाई म फेरी कोशिस गर्न आग्रह गर्दछु र त्यसको लागी यो लिंकमा जानुहोस र आज को यो पोस्टमा भने मैले तपाइंले चलाउने Computer को Mouse pointer लाई पनि बदलेर आफ्नै रास्ट्रीय चिन्हहरुले सजिलै बदल्न मिल्ने तरीका लेख्न खोज्दै छु र सायद हजुर लाई पनि यो एकदमै मन पर्न सक्छ के हो त त्यस्तो राष्ट्रिय चिन्हरु उदाहरण यहीं तल हेर्नुस
                                                         
माफ गर्नुहोला है यहाँ माथी चार चित्र देखाएको मध्य एउटा पहिलो नं: को Mouse pointer चाहिं हाम्रो राष्ट्रिय चिन्हमा गनिदैन तर यहाँ माथी तपाइंले जे जस्तो चित्र Animation भएर झल्किरहेको तपाइंले अहिले देख्नुभएको छ हो त्यस्तै देखिन्छ जब तपाइंले आफ्नो Computer मा Mouse pointer बदलिसकेपछी आत्तुरी लागिसक्यो होला है तपाइंलाई यहाँ माथीको चित्र देखेर नआत्तिनुस मैले तपाईंकै लागी भनेर यी चित्र
हरु एक-एक गरी Photoshop बाट तयार गरेको हुँ ल अब तल हेर्नुहोस कसरी बदल्ने त Computer को Mouse pointer लाई अनि राष्ट्रिय Flash चिन्हहरु राख्ने...
१. सबैभन्दा पहिला तपाईं यो तलको Download Link मा Click गरेर यहाँ माथीको जस्तै चित्रहरु Download गर्नुहोस याद गर्नुहोला यदी तपाईं चलाखो भएर यहाँ माथीको चित्र लाई नै Right Click गरेर Save गर्ने कोशिस गर्नुभयो भने त्यस Image ले काम गर्ने छैन त्यो त मैले एउटा उदाहरण मात्रै देखाएको हुँ त्यसैले तपाइंले यहाँ तलको Download Link मा नै Click गरेर File Download गर्नु पर्ने हुन्छ नआत्तिनुस यो कुनै Software होइन यहाँ माथीको जस्तै चार ओटा चित्र मात्रै हो
जब तपाइंले File Download गर्नुहुन्छ त्यसपछी Computer मा गएर त्यसलाई Right Click गरेर "Extract Files..." मा Click गरेर File लाई Unzip बनाउनुहोला
२.  र अब तपाईं "Control Panel" मा गएर त्यहाँ "Mouse" मा Click गर्नुहोस
३. जब तपाइंले Control Panle मा Mouse लाई Click गर्नुहुन्छ त्यसपछी त्यहाँ एउटा छुट्टै Popup Window खुलेको हुन्छ र त्यहाँ तपाइंले सबैभन्दा माथी "Pointers" मा Click गरी तल "Normal Select" मा Click गरेर तल  "Browse..." मा Click गर्नुहोस
४. र अब तपाइंले त्यहाँ खुलेको Window मा धेरै Mouse pointer हरु देख्नुहुनेछ त्यहाँ तपाइंले केही पनि नगरी सबैभन्दा माथी दायाँ तिर एउटा "View menu" लेखेको चित्र देख्नुहुनेछ त्यसमा Click गरेर "Tiles" मा Click गर्नुहोस
५. तपाइंले त्यहाँ Tiles मा Click गरीसकेपछी त्यहाँ Mouse pointer हरु अर्कै position मा बसेको तपाइंले देख्नुहेंछ र अब तपाइंले त्यहाँ त्यत्तिकै छोड्नुहोस त्यसलाई बन्द नगरी त्यत्तिकै छोडेर अब Computer मा गई अघी तपाइंले हाम्रो अनलाईन कम्प्युटर ईनिस्टीच्युट बाट Download गरेको चित्रमा जानुस र त्यहाँ भएको चार ओटा चित्रलाई नै एकैसाथ Select गरेर right Click गरी Copy अथवा Cut गर्नुहोस
६. र अब यता Mouse pointer को Browse मा आउनुहोस मतलब अघी यहाँ माथी ४. नं: मा मैले भनेको थिएँ नि हो त्यहाँ जानुस र त्यस Window को खाली ठाउँमा right Click गरेर paste गर्नुहोस
७. र अब त्यहाँ तपाइंलाई एउटा छुट्टै Dialog box मा Continue, Skip, Cancel के गर्ने भनेर सोधेको हुन्छ तपाईं ले "Continue" मा Click गर्नुहोला
८. र अब केहि समय पर्खनुहोस त्यहाँ त्यी Image हरु Paste हुँदै छ
९. अब त्यहाँ केही समय पछी त्यहाँ ४ ओटा चित्रहरु देख्नुहेंछ र तपाइंले त्यहाँ चार ओटा चित्र मध्य कुनै एकमा Click गरेर हेर्नुहोस अनि ठिक तल पुछारमाPreview: लेखेको ठाउंमा त्यो चित्रको नमुना देख्न सक्नुहुनेछ की यो चित्र कस्तो Animation को रहेछ भनेर त्यसैले तपाइंले अहिले कुनै पनि एकमा छानेर Click गर्नुहोस र तल "Open" मा Click गर्नुहोस
१०. जब तपैंले त्यस Image लाई Open मा Click गर्नुहुन्छ त्यसपछी तपाइंले Mouse Properties को Pointers Tab भित्र त्यो चित्र देख्नुहेछ र साथै माथी त्यो चित्र Animation पनि भैराखेको देख्नुहुनेछ
११. र यदी तपाइंलाई अरु पनि चित्र राख्न मन लाग्यो अथवा त्यी सबै ४ ओटा नै चित्र राख्न मन लाग्यो भने फेरी तल अथवा माथी कुनै पनि Help Select, Working in background, Busy, यी सबै मा तपाइंले फरक फरक चित्र राख्न सक्नुहुनेछ त्यसैले कुनै एक नाम मा Click गर्नुहोस अनि तल "Browse..." मा Click गर्नुहोस
१२. त्यसपछी त्यहाँ खुलेको Browse... Window मा तल "File of type:" लेखेको देख्नुहेनेछ ठिक त्यसको Drop Down menu मा Click गरेर "Animated Cursors (*.ani)" मा Click गर्नुहोस त्यसपछी त्यहाँ तपाइंले चाहेको त्यी चार ओटा चित्रहरु पनि देखिनेछ र अब कुन चित्र राख्नुपर्ने हो त्यसमा Click गरेर "Open" गर्नुहोस
१३. यसै गरी तपाइंले त्यी ४ ओटै चित्रहरु आफ्नो Mouse pointer मा Select गर्न सक्नुहन्छ र अन्त्यमा तपाइंले  तल "Apply" Button थिच्नुहोस तपाईंको Mouse चमत्कार तराकाले देखिनेछ
यो थियो एउटा सानो प्रयास तपाइंहरु माझ पुर्याउने कस्तो लाग्यो यो मेरो प्रयास तपाईंलाई तपाइंले यो तरीका गर्न सक्नुभयो कि भएन नसकेको भए फेरी कोशिस गर्नुस अबश्य हुन्छ यो एउटा साथीको नाताले तपाइंलाई आदेश दिन्छु म कोशिस गर्नुस अबश्य हुन्छ त्यै पनि खासै अप्ठेरो छैन एकै चोटी मा सफल हुनुभयो होला हैं र ल बधाई छ तपाइंलाई र र कृपया तपाइंले गर्न सक्नुभयो कि भएन र यदी गर्न सक्नुबयो र राम्रै लग्यो अथवा कस्तो लाग्यो यो तरीका यसको जवाफ हामीलाई यहाँ तल Comment Box मा दिनु न ल धन्यबाद|
Monday, January 7, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment