twitter

हुन त अनलाईनबाट पनि आफुले चाहेमा आफुलाई चाहिएको फोटोलाई अनेकौ किसिमको बनाउन सकिन्छ र त्यस्ता साइटहरु पनि Google Search Engine मा खोज्ने हो भने त्यत्तीकै छयासछ्यास्ती पाइन्छ तर मैले भने यहा हजुरलाई लेख्न गैराखेको छु की Photoshop बाट नै आफुले चाहेजस्तो जस्तो कार्टुन (Caricature) कसरी बनाउने कुनै पनि तस्बीर प्रयोग गरेर भन्ने बारेमा चर्चा गर्दै छु 
१. सबैभन्दा पहिला Photoshop खोलेर File मा Click गरी Open (Ctrl+O) मा Click गरेसी कुनै एउटा Image लाई Select मा Click गर्नुहोस
२. त्यसपछी Photshop मा हजुरले राखेको तस्बीर देखिनेछ र अब सबैभन्दा माथी रहेको Layer मा Click गर्नुहोस र Duplicate Layer... मा Click गर्नुहोस अथवा Side तिर रहेको 'Layers' Icon मा Click गर्नुहोस अनि त्यहा देखिएको सानो फोटोभित्र Right Click गरी 'Duplicate Layer..' मा Click गर्नुहोस 
३. अब सबैभन्दा माथी रहेको 'Filter' मा Click गर्नुहोस र तल 'Liquify..' (Shift+Ctrl+X) मा Click गर्नुहोस
४. त्यसपछी अब त्यहा अर्कै Windows खुल्नेछ र हजुरले अब त्यहा रहेको चित्रको अनुहारमा एकचोटी click गरी Mouse लाइ Click गरीराख्नुहोस नछोड्नुहोस् र अब Mouse Pointer लाई बिस्तारै यताउता हलाउनुहोस अनि तपाईं आफैलाई थाहा हुन्छ की त्यहा आफुले तय फोटोको अनुहारलाई कार्टुन जस्तो कसरी बनाउने भन्ने बारेमा मुख बिगार्नु छ भने मुखैमा माउसलाई लगेर मुख तानुस अथवा जे पनि गर्न स्कनुहुन्छ तपाइंको विचार त्यस्तै अरु अन्य आँखा कान टाउको घांटी हात खुटा शरीर कुनै पनि ठाउँमा बिगार्न सक्नुहुन्छ र MOuse को घेरालाई सानो ठुलो बनाउनको लागी दायाँ तीर Brush Size: घटाउन बढाउँ सक्नुहुन्छ यदी हजुरको त्यहा Automatic 'Forward Wrap Toop (w) देखिएन भने keyboard बाट  'W' key थिच्नुहोला Forward Wrap Tool भनेको त्यहा फोटोलाई कार्टुन बनाउने Brush हो र हजुरले त्यस फोटोलाई कार्टुन अथवा हजुरले भने जस्तो भएपछी 'Ok' Button थिच्नुहोस
त्यसपछी अब तपाइंले त्यस फोटोलाई Computer मा Save गर्न सक्नुहुन्छ धन्यबाद।
Monday, January 7, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment