twitter

के तपाईंले windows xp मा password बिर्सिनुभयो नआत्तिनुहोला किनकी तपाइँ सहि पेजमा आइसक्नुभएको छ त्यसको समाधानको लागी यदी तपाइँको कम्प्युटर microsoft windows xp हो भने म तल केहि उपाए सिकाउदै छु अबस्य प्रयोग गर्नुहोला|
१. सबैभन्दा पहिला Desktop को यहाँ Windows start बटन मा क्लिक गर्नुहोस |

२. अनि (my computer) मा right click गरेर (manage) मा क्लिक गर्नुहोस |

३. अब (local users and groups) मा क्लिक गर्नुहोस |

४. फेरी Users मा क्लिक गर्नुहोस |

५. अब right side (Administrator) मा right click गरेर (set password) मा क्लिक गर्नुहोस |

६.साबधान रहनुहोला किनकी अब त्यहाँ 3 option दिएको हुन्छ जस्तै>>>(proceed) (cancel) (help) तपाईं मात्र (proceed) मा क्लिक गर्नुहोला |

७. अब (new password) मा तपाइँले चाहेको अंक अथवा अक्षर जे भए पनि हुन्छ त्यहाँ password हाल्नुहोस र (confirm password) मा माथी new password मा राखेको password तल दोहोर्याउनुहोस र (ok) बटन थिच्नुहोस password थोरैमा पनि ८ ओटा हुन जरुरि छ |

८. अब password has been set भनेर warning letter आउँछ तपाईंले केवल (ok) बटनमा थिच्नुहोस |

९. तयार भयो तपाईंको नया password पुरानो password मेटियो र तपाइँ यो password पनि हटाउन चाहनुहुन्छ कम्प्युटरमा कुनै पनि password नराख्ने सोचाइमा हुनुहुन्छ भने start--control panel हुँदै user acount मा गएर acount remove गर्न सक्नुहुन्छ धन्यबाद |
Monday, December 24, 2012 | 0 comments |

0 comments:

Post a Comment