twitter

हुन त यो Multiple Time Zone नेपालमा नै बस्ने मानिसलाई त खासै आबश्यक नपर्न सक्छ तर पनि यदी चाहनुहुन्छ भने राख्दा अती उत्तम हुन्छ र खास यसको फाइदा भनेको बिदेशी (Foreigner) हुने मानिसहरुलाई भने यसको आबश्यक नै छ भन्दा फरक नपर्ला हो तपाईंले आफ्नो Computer को Taskbar मा एकै चोटी ३ (तीन) देशका घडी देखाएर राख्न सक्नुहुन्छ उदाहरणको लागी तलको चित्र सहित त्यस्तो विभिन्न देशका घडी मिलाउने तालीका पनि सिक्नुहोस

१. सबैभन्दा पहिला Taskbar मा रहेको घडीमा Click गर्नुहोस त्यसपछी त्यहाँ खुलेको File को तल "Change date and time settings..." मा Click गर्नुहोस

२. त्यसपछी त्यहाँ खुलेको Popup windows मा माथी रहेको "Additional Clock" मा एकचोटी Click गर्नुहोस र तल  "Show this Clock मा ठिक लगाउनुहोस र तल  Enter Display Name: मा कुन देशको घडी Set गर्न खोजेको हो अथवा आफुलाई मन लागेको अक्षर लेख्न सक्नुहुन्छ
र तल रहेको Select time zone: को Tab मा Click गरेर आफुले चाहेको देश को राजधानी चयन गर्नुहोस
र यदी तपाईं अर्को घडी पनि राख्न चाहनुहुन्छ भने माथी गरे झैँ गर्नुहोस र तल "Apply" button थिचेर :Ok" गर्नुहोस

३. त्यसपछी अब Taskbar मा रहेको घडीमा Click गर्नुस अथवा त्यस घडीमा एकछीन Mouse pointer लाई राख्नुस जे गरे नि कुरो एउटै हो र त्यहाँ हेर्नुस हजुरले अघी Set गरेको देशका घंडीहरु देखिनेछ

यो एउटा सामान्य जानकारी मात्रै गाराएको हुँ मैले हजुरलाई साहेद हजुरको लागी उपयोगी नै भयो होला धन्यबाद |
Friday, December 28, 2012 | 0 comments |

0 comments:

Post a Comment