twitter

Showing posts with label Facebook फेसबुक ▼. Show all posts
Showing posts with label Facebook फेसबुक ▼. Show all posts
 नमस्कार  साथी हरु   तपाई ले youtube जस्तै  अन्य  साइट बाट भिडियो downloadगर्न त धेरै software पर्योग गर्नु भएको होला अनि के तपाई  facebook मा भेटीएको भिडीयो download गर्नु भएको छ कि छैन ? हुनत तपाई संग इन्टरनेट download मेनेजर भए त सजिलो होला अरु यस्ता कुनै software  पनि हुन् सक्छन तर आज म तपाई हरु को साथ मा  एउटा सजिलो टिप्स को  जानकारी गराउदै छु कि जसको सहेता  ले  तपाई सजिलै आफ्नो  फेसबुक वाल मा रहेको कुनै पनि video  download गर्न सक्नु हुनेछ। आउनुहोस  सबै भन्दा  पहिले तपाई  यहाँ क्लिक क्लिक गरि यहाँ downloadfacebook video भन्ने वेबसाइट मा जानुस अब तपाइले download गर्न खोजे को  video facebook  मा गएर  भिडियो को url  लिनुहोस माउस ले copy गरि paste गर्नुस  अनि  download  बटम  लाई  क्लिक गर्नुस अनि तपाइको भिडीयो अर्को पेज भएर  खुल्ने छ।  तब  right क्लिक गरी save गर्नुस आफ्नो कम्प्युटर मा  खोज्नु होस् भिडियो भेट्नु हुनेछ।उदाहरण को लागि जस्तै  चित्र मा देखाए जस्तै धन्यवाद।




Sunday, February 16, 2014 | 0 comments | Labels:

fbnotifications
 जति नोटिफिकेशन (Notification) हरु हामीले फेसबुक खोल्दा देख्छौँ , ति सबै नोटिफिकेशनहरु इमेलको रुपमा आईदिदाँ आफ्नो इमेल एकाउन्टको इनबक्स (Inbox) फेसबुककै इमेलहरुले भरिएको पक्कै पनि पाउनुभएको छ होला । यसले गर्दा अन्य प्रयोजनका लागि उक्त ईमेल आइडिलाई प्रयोग गर्न धेरै गाह्रो हुने गर्दछ ।
यो पोस्टमा तपाईहरुले यसरी फेसबुक एकाउन्टबाट नोटिफिकेशनको रुपमा आफ्नो इमेल एकाउन्टको Inbox मा आउने इमेलहरुलाई कम गर्ने वा आउँदै नआउने बनाउन के गर्ने भन्नेबारेमा जानकारी प्राप्त गर्नुहुनेछ 

कसरी फेसबुकका नोटिफिकेसनहरु आफ्नो इमेलमा नआउने बनाउने ?
स्टेप १

account
स्टेप २ 
पेजको माथि दायाँपट्टि रहेको एकाउन्ट मेनु ( )मा क्लिक गर्नुहोस् र Account Settingsअप्सन छान्नुहोस् । 


1 
स्टेप ३
Notifications मा क्लिक गर्नुहोस् ।

2 
Step ४

अब खुल्ने पेजलाई तलतिर scroll गर्नुहोस् । त्यहाँ All Notifications अन्तर्गत Facebook, Photos, Groups, Pages, Events, Questions, Notes, Links, Video, Help Center, Wall Comments, Other Updates From Facebook, Credits, Other Applications आदि अप्सनहरु देख्नुहुनेछ ।

3 
Step ५

हरेक अप्सनको छेउमा रहेको Edit बटन मा क्लिक गर्नुहोस र देखिने सबै अप्सनहरुसगैँ रहेका बक्समा टिक मार्क (Tick Mark √ ) छन् भने हटाएर Save Changes गर्नुहोस् ।

4 
यति गरेपछि तपाईले फेसबुकबाट कुनै पनि इमेल पाउनुहुनेछैन । तपाईलाई आवश्यक र महत्वपूर्ण लागेका नोटिफिकेशन पाउन चाहानुहुन्छ भने सम्बन्धित अप्सनमा टिक राखेर सेभ गर्न सक्नुहुन्छ ।
Monday, February 18, 2013 | 0 comments | Labels:
फेसबुकले आफ्ना करोडौँ प्रयोगकर्ताहरुको सुविधाको लागि आफ्नो साइटलाई डेक्सटप (Desktop/Computer) र मोबाईल (Mobile) दुवै भर्सन (version) मा उपलब्ध गराएको छ । तरपनि फेसबुकमा समावेश गरिएका धेरै सेवा र फिचर (Features) हरु प्रयोग गर्न नमिल्ने भएकोले तपाईहामीमध्ये धेरैलाई मोबाईल भर्सन ले पुरा सन्तुष्टि भने दिन सकेको छैन । यहि कुरालाई ध्यानमा राखेर आज यस लेखमा जुनसुकै प्रकारका मोबाईलफोनका  ब्राउजरबाट पनि डेक्सटप भर्सनमा जस्तै कम्प्यूटरमा जसरी फेसबुक चलाउने उपाएलाई समावेश गरिएको छ, यसबाट प्राय : मोबाईलबाटै विभिन्न फेसबुक एप्लिकेशन वा पेजहरु चलाउन चाहाना राख्ने प्रयोगकर्ताहरुलाई पक्कै पनि धेरै सजिलो हुनेछ ।
 अब कसरी चलाउने त मोबाईलबाट कम्प्यूटरमा जसरी फेसबुक ?

सबैभन्दा पहिला तपाई आफ्नो मोबाईलको वेब ब्राउजरमा गई फेसबुक खोल्नुहोस् र आफ्नो एकाउन्टमा लगईन
गर्नुहोस् ।
अनि Log In गरीसकेपछि ब्राउजरको Address Bar मा www.facebook.com/home.phpटाईप गरेर ok गर्नुहोस्, । अब यस पछाडी तपाई फेसबुक  मोबाईलमा पनि  कम्प्युटरकै जसरी खुल्नेछ र तपाईले मज्जाले चलाउन सक्नुहुनेछ ।

| 0 comments | Labels:
धेरै दिनदेखि मलाई साथीहरुले सोध्ने गरे की Facebook timeline हटाएर पुरानै Profile मा कसरी लैजाने भनेर तर म आँफै चिन्तीत थिएँ त्यसको बारेमा भने अरुलाई कसरी सहयोग गर्न सक्थें तर आज मैले साथीहरुको प्रश्नको उत्तर दिन सक्षम भएको  छु त्यसैले यदी तपाईं अहिले Facebook ले ल्याएको timeline लाई Disable गरेर मतलब त्यसलाई हटाएर पुरानै profile मा जान इच्छुक साथीहरु यहाँ तल हेर्नुहोस कसरी हटाउने Facebook ले ल्याएको New timeline >>> उदाहरणको लागी तल को दुई चित्र हेर्नुहोस मेरो आफ्नै Old profile र New timeline
    I don't like this new facebook timeline.

     I love it old facebook profile.

तस्बीर आँफै बोल्छ भने झैँ हजुरले त थाहा पाइहाल्नु भयो होला यहाँ माथीको दुइ चित्र हेरेर मैले के भनिराख्नु पर्यो र
 सबैभन्दा पहिला तपाइंले यो सोच्न जरुरी छ की तपाईं ठिक अहिले कुन Browser चलाउँदै हुनुहुन्छ जस्तै: Google chrome, firefox, opera, internet explorer, हुन त तपाईंले जुनसुकै Browser चलाए पनि फरक पर्दिन् तर मैले अहिले चर्चा गर्न खोज्दै छु Google chrome को त्यसैले हजुरले पनि Google chrome खोल्दा उचीत होला र यो लिंक मा जानुहोस
              Timeline remove from google chrome:
१. अब त्यहाँ तल हेर्नुहोस तपाईं अहिले कुन Browser बाट त्यस पेजमा जाँदै हुनुहुन्छ उदाहरणको लागी तलको चित्र हेर्नुहोस र तपाइंले कुन Browser बाट हेरेको हो त्यहि Browser त्यहाँ प्लिक-प्लिक गरेर चलिराखेको देख्नुहुनेछ जस्तै Google chrome बाट हजुरले त्यो Site खोल्नुभएको हो भने Google chrome को Icon चलेको देख्नुहुनेछ र अरु ३ Icon चाहिं चलेको हुनेछैन र हजुरले त्यहाँ चलिराखेको Icon मा Click गर्नुहोस

२. तपाइंले यहाँ माथी भने झैं यदी Google chrome मा Click गरेको हो भने यहाँ तल को जस्तो Message Taskbar भन्दा माथी देखिनेछ र हजुरले "Continue" मा Click गर्नुहोस

३. त्यसपछी अब अर्को एउटा Dialog box खुल्नेछ र त्यहाँ हजुरले "Add" अथवा "Install" लेखेको पनि हुनसक्छ त्यसमा Click गर्नुहोस

४. त्यसपछी अब त्यहाँ Automatic अर्को Windows खुलिनेछ र हजुरले केहि पनि नगर्नुहोस र मात्र Browser restart गर्नुहोस मतलब Internet windows बन्द गर्नुहोस माथी (Close) button मा थिचेर अनि फेरी त्यहि Browser लाई खोल्नुहोस र facebook मा जानुहोस र आफ्नो profile मा जानुहोस अथवा अरु कोहि साथीको पहिला Timeline भएको Wall मा जानुहोस त्यहाँ हजुरले देख्नुहुने छैन
५. तर ध्यान दिनुहोला Timeline हटाउने एउटा सानो चित्र (Icon) Internet browser को माथी बसेको हुन्छ जस्तै तलको चित्र हेर्नुहोस र त्यसमा सदैब ठिक लगाएको हुनुपर्छ यदी अहिले हजुरले पनि यहाँ माथीको तरीका अपनाइसकेपछी पनि Timeline हटेको छैन भने त्यहीं गडबढी हुनुपर्छ त्यसैले माथी तय चित्रमा एकचोटी "Status: timeline remove" लेखेको ठाउँमा Click गरेर ठिक चिन्ह लगाउनुहोस र Page reload अथवा Browser restart गर्नुहोस त्यसपछी Timeline आफैँ हट्नेछ

सुचना : याद गर्नुहोला यसरी Timeline हटाउनको लागी यदी हजुरले Google chrome बाट यो तरीका गर्नु भयो भने केवल Google chrome मा मात्रै हट्छ र अन्य Browser को लागी पनि Timeline हटाउनु पर्यो भने कुन Browser को लागी timeline हटाउने हो त्यहि Browser बाट यो तरीका अपनाउनु पर्छ जस्तै Firefox को लागी कसरी गर्ने यहाँ तल हेर्नुहोस
          Timeline remove from firefox:
यदी तपाईं यहाँ माथी भने झैं गरी Firefox बाट पनि Timeline हटाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला Firefox browser खोल्नुहोस र त्यसपछी यो लिंक  मा जानुहोस  याद गर्नुहोला यो लिंकमा जानुहोस भनेर मैले भनेको छु तर तपाईं लिंक Click गर्दा Firefox बाट नै हाम्रो Site मा प्रवेश गर्नुपर्छ अथवा तपाइंले Direct firefox को Address bar मा Http://timelineremove.com type गरेर Enter गर्दा पनि हुन्छ है
१. र त्यहाँ तल चलिराखेको Firefox को चित्र (Icon) मा Click गर्नुहोस
२. तपाइंले त्यहाँ तल Firefox को Icon मा Click गरिसकेपछी यहाँ तलको चित्रमा देखाए झैं गरी Windows को माथी Left side मा यस्तो Dialog box मा हजुरलाई message दिनेछ र हजुरले "Allow" मा Click गर्नुहोस

३. जब तपाइंले Allow मा Click गरिसकेपछी अब केहि समय पर्खानुहोला किनकी त्यहाँ Downloading हुँदै छ

४. त्यसपछी फेरी अर्को एउटा Dialog box खुल्नेछ र हजुरले त्यहाँ "Install Now" मा Click गर्नुहोस र केहि समय पछी अर्को एउटा नयाँ Windows खुल्नेछ

र हजुरले केहि पनि नगरी अब Firefox बन्द गरेर फेरी खोल्नुहोस "Restart your firefox" त्यसपछी अब facebook मा गएर हेर्नुहोस र check गर्नुहोस Timeline हटेको छ की छैन अबश्य पनि हटेको हुनुपर्छ नहट्ने त दुइ मत नै छैन न नि कि कसो
कृपया मैले यहाँ माथी Firefox र  Google chrome को बारेमा मात्रै प्रशंसा गरेको छु Opera र Internet explorer मा भने गरेको छैन पछी फुर्सदमा त्यो पनि पुरा गर्ने छु र हाललाई माफी चाहन्छु अधुरो काम गरेकोमा तर यहाँ माथी भने झैं गरी तपाईं आफैंले पनि अन्य Browser हरुबाट पनि गर्न सक्नुहुन्छ
 र यसरी timeline हटाइसकेपछि तपाइंले मात्रै देख्नुहुनेछ Timeline हटेको र तपाइंले अरुको Timeline हेर्न खोज्दा पनि त्यस साथीको पुरानै Profile देख्नुहुनेछ मतलब हजुरले यो Idea अपनाएपछी तपाईंले चलाएको Browser बाट कसैको पनि timeline देख्नुहुने छैन
यदी हजुरले यसको बारेमा सम्पूर्ण नबुझेमा गर्न नजानेमा अथवा सफल भएको खुसियालीमा यहाँ तल अबश्य प्रतिक्रिया दिन नबिर्सनुहोला धन्यबाद |
Sunday, January 6, 2013 | 0 comments | Labels:
हुन त यदी तपाइंले Firefox Sidebar मा Facbook Chat Box बनाउनु भयो भने Chat गर्नको लागी मात्रै होइन जे जती तपाईं फेसबूकको पेजमा नै गएर गर्नुहुन्छ त्यो सबै System Firefox को Sidebar मा नै पनि गर्न सक्नुहन्छ जस्तै Status update, photo upload, video upload, notification etc मैले किन बरण गरी राख्नु पर्यो र यसको बारेमा छोटकरीमा भन्नु पर्दा फेसबुकको सबै तरीका त्यहि बाट पनि गर्न सकिन्छ अझै भन्नु पर्दा तपाइंलाई फेसबुकको पेजमा जानै पर्दैन र यती मात्रै होइन यदी हजुरले चाहनुभयो भने Firefox Sidebar मा नै त्यस Chat Box लाई सानो-ठुलो पनि बनाउन सकिन्छ र तपाइंलाई फेसबुक चलाउनको लागी फेसबुक पेजमा नै बसी राख्नु पर्दैन फेसबुकको सबै काम Firefox Sidebar बाट नै गर्न सक्नुहुन्छ र त्यती बेला तपैंकुनै पनि Site मा भ्रमण गर्नुस Facebook Box भने Sidebar मा देखिरहन्छ  बयान मात्रै धेरै भयो जस्तो छ त्यसैले आउनुस अब काम नै गरेर देखाउँ
१ सबैभन्दा पहिला Firefox लाई खोल्नुहोस र आफ्नो keyboard बाट "Ctrl+B"थिच्नुहोस र त्यहाँ "Bookmarks" खुल्नेछ
२. र तपाइंले त्यहाँ तल "Bookmarks Menu" मा Right Click गरी "New Bookmark..." मा Click गर्नुहोस

३. त्यसपछी अब त्यहाँ अर्को एउटा Dialog box खुल्नेछ र हजुरले त्यहाँ सबैभन्दा माथी Name: भनेको ठाउँमा आफुले चाहेको नाम राख्नुहोस र Location: भनेको ठाउँमा यो Code http://www.facebook.com/presence/popout.php pasteगर्नुहोस र तल "Load this bookmark in the sidebar" को खाली ठाउँमा Mark लगाएर "Add" button मा Click गर्नुहोस

४. अब Left side मा रहेको "Bookmarks Menu" मा Click गर्नुहोस यदी त्यहाँ Bookmarks Menu देखिएको छैन भने Ctrl+B थिच्नुहोस र अब Bookmarks menu को तल लिस्टमा हेर्नुहोस त्यहाँ अघि हजुरले लेखेको नाम को लिंक देखिनेछ र त्यसलाई Click गर्नुहोस र Facebook User Name: and Password type गरेर Log in गर्नुहोस

र अरु कुनै पनि बेला यदी हजुरले Firefox sidebar मा Facebook चलाउन मन लाग्यो भने Ctrl+B थिचेर Bookmarks Menu मा Click गरी आफुले बनाएको Chat Box मा Click गर्नुहोला धन्यबाद|
| 0 comments | Labels:
नमस्कार के तपाइंलाई Facebook photo zoom गरेर हेर्ने बारेमा थाहा छ हो तपाईंले FAcebook को कुनै पनि photo लाई ठुलो बनाएर हेर्नुपर्दा उक्त फोटोमा Click गरेर हेर्नुहुन्छ र यसरी गर्दा समय पनि धेरै लाग्ने र Internet Slow भएको बेलामा त झन खुल्दैन खुल्दैन Page Loading... मात्रै भैराख्छ त्यसैले मैले हजुरलाई त्यस समाधान बाट मुक्त भै एक रोचक तरीका अपनाउन हजुरलाई आग्रह गर्दछु किनकी तपाईंले यस तरीका को सहाएताले Facebook मा रहेको चाहे कुनै पनि ठाउँको फोटोमा Mouse pointer राख्नुस Automatic Zoom भएर ठुलो Size मा देखिनेछ जस्तै: Chat Box मा रहेको साथीको Profile picture Album photo ETC. यसको जती बयान गर्यो त्यो बह्न्दा पनि बढी महत्वपूर्ण छ यो Idea तर याद राख्नुहोला यो तरीका केवल Google Chrome बाट मात्रै लाभ उठाउन सकिन्छ अरु Browser बाट भने असम्भब छ त्यसैले आउनुस अब तल हेर्नुहोस कसरी प्रयोग गर्ने त यो FB photo zoom


१. सबैभन्दा तपाईं यस लिंक मा जानुहोस
२. त्यसपछी अब त्यहाँ खुलेको Page मा Right side को माथी "ADD TO CHROME" लेखेको ठाउँमा Click गर्नुहोस

३. त्यसपछी त्यहाँ अर्को एउटा सानो Dialog Box खुलेंछ र हजुरले त्यहाँ तल "Add" button मा Click गर्नुहोस

४. र अब केहि समय पर्खनुहोस त्यहाँ Automatic Right side को माथी Close button भन्दा तल एउटा Message देखिएको हुन्छ र फेरी त्यो message हराउँछ र अर्को एउटा New tab खुलेको हुन्छ त्यसपछी त्यसपछी FB Photo Zoom success भयो र अब Facebook मा जानुहोस
र अब त्यहाँ Chat box को Left side मा हेर्नुहोस त्यहाँ एउटा सानो Icon देखिनेछ र त्यसमा Mouse राखेर हेर्नुहोस  FB PhotoZoom (On) लेखेको देखिन्छ की देखिंदैन यदि देखिंदैन भने एकचोटी त्यस Icon मा Click गरेर On गर्नुहोस

५. अब तपाईंले कुनै पनि Photo Full Size मा हेर्नको लागी त्यस फोटोलाई Click गरेर अर्को नयाँ Page खोलिरहनु पर्ने छैन नपत्याए एकचोटी कुनै पनि एक फोटोमा Mouse लाई एकछीन राखेर हेर्नुस परिणाम आँफै देख्नुहुनेछ

यदी हजुर Google chrome बाट अन्य Site हरुमा पनि जानुभयो भने त्यहाँ SIte मा भएका Screen shot (फोटो) हरु पनि Automatic Zoom भएर देखिनेछ त्यसको लागी मात्र हजुरले Mouse pointer लाई त्यस Screen shot (फोटो) मा लैजानुहोस
कस्तो लाग्यो हजुरलाई यो तरीका प्रतिक्रिया दिन नबिर्सनुहोला धन्यबाद |
| 0 comments | Labels:
यदी तपाइंलाई आजभोली अथवा धेरै दिनदेखि Facebook को Inbox मा नचिनेको अन्जान साथीहरुको Mesage आएको छ घरी घरी त्यस्ता Message आइरहने तर आफुले भने कसैलाई पनि Message नपठाएको अनाबश्यक आइरहने त्यती मात्रै कहाँ हो र Message पनि राम्रो लेखेको भए हुने नि JPT लेखेर पठाउँछन कुनै बेला त कसले सामेल गर्यो तपाइंलाई पनि त्यस Group Message मा त्यो पनि थाहा छैन हैरानै पारीसक्यो र कुनै एक ब्यक्तीले अथवा हजुरले नै त्यस Group message मा लेखेर Send गर्यो भने Group मा सामेल भएका सबैजनालाई जाने यसै सिलसिलामा मैले यो Facebook group message बाट आफुलाई चाहीं कसरी हटाउने त भन्ने बारेमा लेख्न जाँदै छु हुन त मलाई यस्तो Group message ठिकै लाग्छ तर आजभोली त्यहि Group message मा एक ले अर्को लाई "के छ Hi hello" भन्दा पनि "Please...यो Group message मा मलाई कसले राख्यो मलाई चाहीं हटाउनुहोला" भन्ने जस्ता Message आउन थाले त्यसैले मैले यस समस्याको समाधान यहाँ तल लेख्न खोजेको हुँ >>>

१. सबैभन्दा पहिला Message को Inbox icon मा Click गर्नुहोस र त्यहाँ Group Message को List मा Click गर्नुहोस अथवा "See All Messages" मा Click गरेर खोज्नुहोस र त्यसलाई खोल्नुहोस जस्तै यहाँ तल को चित्र हेर्नुहोस

 एउटा Group message मा यस्तो भनेको छ
भनेको छ

Messages

  • Rubal Sanu Love, Uday Awara Limbu, Nepali Krishna, 30 others
    malai pani yo group msg bata remove garnu ho kasle add gareko yar.
    2 hours ago

अनि तल अर्को Group message मा चाहीं यस्तो भनेको छ


  • Sunday
  • Dip Sagar, Deepak Ghimire, Sara Lama Sherpa, 6 others
    well come bro ani khana vayo ????
    Sunday


  •  किन तपाइंलाई यस्ता Group message हरुले सताउने गरेका छैन
    २. त्यसपछी अब त्यहाँ Group inbox खुलिसकेसी Right site को माथी "Actions" मा Click गरी "Leave Conversation..." मा Click गर्नुहोस

    ३. त्यसपछी अब त्यहाँ अर्को Dialog Box खुल्नेछ र त्यहाँ पनि हजुरले "Leave Conversation" मा Click गर्नुहोस

    र तपाइंले त्यस Group Message बाट आफुलाई हटाउनुभएको छ र अब देखी हजुरलाई त्यस Group बाट Message आउँदैन  र अरु पनि त्यस्ता Message Group छन् भने यसै गरी हटाउन सक्नुहुन्छ धन्यबाद |
    | 0 comments | Labels:
    के तपाईं फेसबुकको फोटोलाई Full Size मा हेर्न चाहनुहुन्छ हो जब तपाइंले फेसबुकको कुनै पनि फोटोलाई हेर्न मन लाग्यो भने ठिक त्यस फोटोमा click गर्नुहुन्छ र त्यो फोटो Pop up windows जस्तै Theater mode मा खुल्छ तर यो तरीका मलाई पटक्कै मन परेन त्यसैले मैले सोचे यदि मलाई मन परेंन भने अरु साथीहरुलाई
    झन् कसरी मन पर्छ त  र यसको सबैभन्दा बढी बैगून भने को जब तपाइंले फोटो हेर्न थाल्नुहुन्छ र कसैले हजुरलाई chat अथवा Comment ईत्यादी गर्यो भने त्यहि समय फर्काउन सकिदैन त्यसको लागी फोटोलाई नै हटाउन पर्छ त्यसैले आज तपाईं हरुलाई पनि सिकाउंदै छु यो फेसबुकको फोटोलाई सजिलै संग Theater Mode लाई Disable गरी आफुले चाहेको चित्रलाई Full Size मा कसरी हेर्ने भनेर उदाहरणको लागी तलको चित्र हेर्नुहोस Theater mode मा खुलेको चित्र हो यो

    सबैभन्दा पहिला आफ्नो फोटो एल्बम मा गैर अथवा Wall मा रहेको आफुले हेर्न खोजेको फोटोलाई Click गरेर Theater mode मा खोल्नुहोस र सबैभन्दा माथी Address Bar मा रहेको Refress batanlaaee क्लिक गर्नुहोस अथवा keyboard बाट "F5" key थिच्नुहोस त्यसपछी पेज Reloading... हुन थाल्छ केहि र केहि समय पछी चित्र Full Size मा खुल्छ र अरु पनि हेर्नको लागी फोटो भन्दा माथी "Next" अथवा "Previous" मा Click गरी हेर्न सक्नुहुन्छ धन्यबाद।
    | 0 comments | Labels:
    फेसबूकलाई नेपालि भाषा अथवा आफुले चाहेको अरु कुनै पनि भासामा कसरी चलाउने भन्ने बारेमा हुन् त यो त्यती गाह्रो छैन 
    १ सबैभन्दा पहिला फेसबुक मा गएर आफ्नो User name and password राखी Log in गर्नुहोस अनि फेसबुक settings को सबै भन्दा तल language मा click गरि आफु लाई चाहिएको भाषा change गर्नुहोस जस्तै चित्र मा देखाए जस्तो

    अर्को तरिका  फेसबुकको सबैभन्दा तल Footer मा हेर्नुहोस त्यहाँ English (US) मा क्लिक गर्नुहोस
    नोट:  यदी तपाईं को फेसबुक अरु कुनै भाषामा छ अथवा चलाउनु भएको छ भने त्यहाँ English (US) नभएर आफुले हाल चलाईरहेको भाषाको नाम हुनेछ।

    २. त्यसपछी त्यहाँ क्लिक गरीसकेपछी सबै भाषाहरुको लिंक देखिनेछ र तपाइंले भाषामा चलाउन चाहनुहुन्छ ठिक त्यसको लिंकमा क्लिक गरीदिनुहोस अनि आँफै भाषा बदलिनेछ




















    र फेरी तपाईं पहिलाकै भाषा अथवा अंग्रेजी भाषामा नै फेसबुक चलाउन चाहनुहुन्छ भने यहि माथीको तरीका मा गएर English (US) लेखेको भाषामा क्लिक गरी परिणत गर्न सक्नुहुन्छ

    Saturday, January 5, 2013 | 0 comments | Labels:
    तपाइंले Facebook Wall मा केहि न केहि आफुले चाहेको संदेश लेखि अथवा कुनै न कुनै फोटो भिडियो राखेर मात्रै Wall मा पोस्ट गर्नुहुन्छ खाली Status भने पोस्ट गर्न सकिंदैन तर के तपाइंलाई थाहा छ यदी तपाइंले चाहनुभयो भने खाली Status पनि पोस्ट गर्न सक्नुहुन्छ जस्तै तलको चित्रमा रातो घेरा लगाएको ठाउँमा हेर्नुहोस र यसो गर्नाले मलाई खास के अनौठो लाग्यो भने सधै तपाइंले केहि न केहि Status पोस्ट गर्नुहुन्छ र साथीहरुले हजुरको त्यो satus लाई मन पराएर धमाधम Like अथवा Comment गर्न थाल्छन तर खाली Status update गर्दा कती जनाले केको आधारले Like गर्दा रहेछन त्यो हेर्न बहने मलाई मन पर्यो आउनुस अब तपाईं पनि यसको उपाए हेर्नुहोस
    यदी तपाईं पनि खाली Status post गर्न चाहनुहुन्छ भने पहिला User name and password राखेर facebook मा जानुहोस र त्यहाँ तपाइंले "Status" मा क्लिक गरी त्यस खाली कोठाभित्र यो Code @[0:0: ] type गर्नुहोस र "Post" मा क्लिक गर्नुहोस र अब हेर्नुहोस त्यहाँ खाली केहि पनि नलेखिएको तपाईंको नाम र फोटो मात्रै देखीनेछ अब भन्नुस कस्तो लाग्यो यो Idea! तपाइंलाई यसको प्रतिक्रिया तलको Comment Box मा दिनुहोला धन्यबाद|

    | 0 comments | Labels:
    यदी तपाईंलाई पनि कुनै अन्जान साथीले फेसबूकमा जथाभाबी संदेश लेख्ने अथवा आफुलाई मन नपरेको तस्बीरहरु पठाउने गरेको अथवा हजुरसँग पहिला नै साथी बनेको छ र आफ्नो फेसबुक Wall मा जे पायो त्यहि post गरीदिने अनि अर्को साथीको Wall बाट JPT तस्बीर हरु जस्ता अनेकौं सामग्री आफ्नो Wall मा Tag गरीदिने यस्तै धेरै समस्याले सताइरहेको छ भने तपाईंले उसलाई आफ्नो Friends List बाट त हटाईदिनुहुन्छ Unfriend गरेर तर उसले फेरी पनि तपाईंलाई सताइराखेको छ भने के गर्ने अब त अती भो ! आउनुस अब हामि उसलाई कसरी हटाउने त उसले तपाईंलाई दिनहुँ सताउनु त धेरै टाढाको कुरो हो उसले तपाईंको नाम पनि भेट्ने छैन Facebook search engine मा
    १. तपाइंले Block गर्न खोज्नु भएको साथीको Wall मा जानुहोस र त्यसको बायाँ तीर profile picture को सबैभन्दा तल हेर्नुहोस त्यहाँ Report/Block मा क्लिक गरेर Pop up windows खोल्नुहोस र त्यहाँ तल हेर्नुहोस जस्तै: Block Arfi Jafar त्यसमा टिक लगाउनुहोला र तल Continue बटनमा क्लिक गर्नुहोस
    २. त्यसपछी Ok बटन थिच्नुहोला
    यसरी गरेपछी अब तपाईंलाई मन नपरेको साथीले तपाईंको फेसबुकमा केहि पनि देख्न पनि पाउंदैन र Facebook Search engine मा तपाइंको नाम त्यो साथीले Search गर्यो भने पनि फेला पार्दैन |
    यी माथीका तरीका हरु अपनाएर हामीले आफ्नो फेसबुकबाट केही साथीहरुलाई Block त गरीयो तर हामीलाई अहिले त्यहि साथीको आबश्यकता छ र हामीले पनि उसलाई खोजेर अथवा Facebook search engine मा उसको नाम Search गरेर पनि फेला परेंन अब के गर्ने त आउनुस तीनै साथीलाई फेरी Unblock गरेर एकचोटी गुमाइसकेको साथीलाई पुन:प्राप्त गर्ने १. सबैभन्दा पहिला आफ्नो फेसबुकको Wall मा जानुहोस र Adit profile मा क्लिक गरेर नयाँ page खोल्नुहोस अनि त्यहाँ बायाँ तिर तल Privacy setting मा क्लिक गर्नुहोस
    २ त्यसपछी Manage blocking मा क्लिक गर्नुहोला
    ३. अब त्यहाँ तपाईंले कती साथीहरुलाई Block गर्नु भएको थियो त्यहाँ साथीहरुको name List मा देखिनेछ उदाहरणको लागी तल हेर्नुहोस र अब कुन साथीलाई तपाईं Unblock गर्न चाहनुहुन्छ त्यसको ठिक Unblock मा क्लिक गरिदिनुहोस

    ४. त्यसपछी Confirm मा क्लिक गर्नुहोला
    तपाइंले त्यस साथीलाई आफ्नो Block lisk बाट Unblock त गरीदिनुभायो तर उसंग साथी बन्नको लागी भने Friend request पठाउने पर्छ Add Friend गर्नुहोला धन्यबाद |
    | 0 comments | Labels:
    हुन त  फेसबुकका साथीहरुले आफ्नो भबिस्यको सपना बिर्सिएलान बेलुकाको खाना खान बिर्सिएलान स्कुल कलेज जान बिर्सिएलान तर आफ्नो फेसबुक एकाउन्ट भने भुलेर पनि डिलेट गर्ने छैनन् अरुको के कुरा गर्नु र मेरै कुरा गर्ने हो बने पनि म कुनै बेलामा त आफुले गर्नु पर्ने दैनिकी अती आबश्यक कार्य नै बिर्सिएको हुन्छु तर पनि यसो हो भन्दैमा सबैको मन कहाँ एक हुन्छ र त्यसैले आज हाम्रा फेसबुकका साथीहरुले आफ्नो फेसबुक एकाउन्ट Deactivate गर्न चाहनुहुन्छ भने र Deactivate गर्ने बारेमा अनुभब छैन भने तलको नियम पालन गर्नुहोस
    १. सबैभन्दा पहिला आफ्नो फेसबुकको Acount मा जानुहोस र Acount setting मा क्लिक गर्नुहोस














    २. अब Acount setting मा क्लिक गरेर नया Windows खोलिएपछी त्यहाँ left side मा Security को लिंकमा क्लिक गरेर अनि सबैभन्दा तल Deactivate your acount: मा क्लिक गर्नुहोला
    ३. Deactivate your acount: मा क्लिक गरेर अर्को Windows खुलिएपछी त्यहाँ यदी हजुरले कुनै साथीहरुलाई आबश्यक संदेश पठाउनु छ भने पठाउन सक्नुहुन्छ त्यहाँ तपाइंलाई आफ्नो साथीहरुको नाम अथवा फोटो सहित देखाइदिनेछ र यदी छैन भने तल हेर्नुहोस तपाइंलाई प्रश्न सोधेंछ र हजुरले केको लागी अथवा किन आफ्नो फेसबुक एकाउन्ट Deactivate गर्दै हुनुहुन्छ त्यहाँ चेक लागैदिनुहोस र तल Confirm मा क्लिक गर्नुहोस
    ४. तपाइंले Confirm गरिसकेपछी एउटा pop up windows खुल्नेछ र त्यहाँ आफ्नो पासवोर्ड टाईप गर्नुहोस र Deactivate Now मा क्लिक गर्नुहोस
    ५. त्यहाँ Deactivate Now मा क्लिक गरेर फेरी एउटा अर्को pop up Windows खुल्नेछ र त्यहाँ हजुरले Security Check को  तल खालि box भित्र माथि देखाएको Verification codes टाईप गर्नुहोस अनि तल Submit मा क्लिक गरिदिनुहोस
    बधाई छ तपाइंलाई अब तपाइंको फेसबुक एकाउन्ट पूर्ण तरीकाले Deactivate भएको छ तर नआत्तीनुहोस बर्बाद भो मैले बेर्थई Deactivate गरें मेरो फेसबुक एकाउन्ट भनेर किनकी यदी तपाईं फेरी आफ्नो त्यहि फेसबुक एकाउन्ट चाहनुहुन्छ भने कुनै पनि बेला आफ्नो इमेल ठेगाना र पासवोर्ड सहि टाईप गरेर लगइन गर्नुस खुल्नेछ धन्यबाद |
    | 0 comments | Labels:
    तलका Smileys हरुको बारेमा थाहा हुँदैन उसलाई के थाहा हर एक Smileys ले सयौं हजारौं सब्दको अर्थ जनाएको छ भनी जसले यसको अर्थ बुझ्छ उसैले मात्र यस्ता Smileys को प्रयोग गरी आफ्नो मनको कुरा साथीलाई भनेको हुन्छ मैले के नै यसको परिभाषा दिन सक्न्छु र म भन्दा त हजुर नै बढी चलाख हुनुहन्छ त्यसैले हजुरहरुको लागी यस स=साना Codes... प्रयोग गरी साथीलाई आफ्नो मनको कुरो पोख्नुस साथै Smart पनि बन्नुस
    कसरी प्रयोग गर्ने त यी Codes... Facebook Chat Box मा ?
    यहाँ तल दायाँ तिरका Code Copy गर्नुस अनि आफ्नो Facebook मा गएर Chat Box मा Paste गरी Enter गर्नुस अनि साथीलाई पठाउनुस

        Smileys…    Codes…
     New Facebook Smileys And Codes [[f9.rain]]
     New Facebook Smileys And Codes [[f9.candle]]
     New Facebook Smileys And Codes [[f9.plate]]
     New Facebook Smileys And Codes [[f9.party]]
     New Facebook Smileys And Codes [[f9.ring]]
     New Facebook Smileys And Codes [[f9.fastfood]]
     New Facebook Smileys And Codes [[f9.tongue1]]
     New Facebook Smileys And Codes [[f9.silly]]
     New Facebook Smileys And Codes [[f9.rosedown]]
     New Facebook Smileys And Codes [[f9.shutmouth]]
     New Facebook Smileys And Codes [[f9.shy]]
     New Facebook Smileys And Codes [[f9.cakepiece]]
     New Facebook Smileys And Codes [[f9.billiard]]
     New Facebook Smileys And Codes [[f9.rofl]]
     New Facebook Smileys And Codes [[f9.curllip]]
     New Facebook Smileys And Codes [[f9.devilface]]
     New Facebook Smileys And Codes [[f9.lying]]
     New Facebook Smileys And Codes [[f9.confused]]
     New Facebook Smileys And Codes [[f9.clap]]
     New Facebook Smileys And Codes [[f9.callme]]
     New Facebook Smileys And Codes [[f9.baloons]]
     New Facebook Smileys And Codes [[f9.bowl]]
     New Facebook Smileys And Codes [[f9.cake]]
     New Facebook Smileys And Codes   [[f9.laugh]]
     New Facebook Smileys And Codes [[f9.sad]]
     New Facebook Smileys And Codes [[f9.angry]]
     New Facebook Smileys And Codes [[f9.coffee]]
     New Facebook Smileys And Codes [f9.gift]]
     New Facebook Smileys And Codes [[f9.ghost]]
     New Facebook Smileys And Codes [[f9.heart]]
     New Facebook Smileys And Codes [[f9.heartbreak]]
     New Facebook Smileys And Codes [[f9.sun]]
     New Facebook Smileys And Codes [[f9.pizza]]
    यी केहि उदाहरण मात्र थिए हजुरहरुको लागी म पछी-पछी पनि नयाँ-नयाँ Smileys हरु लिएर आउने छु मात्र तपाईंको लागी केवल Site हेर्दै गर्नुहोला धन्यबाद |
    | 0 comments | Labels: