twitter

 Computer Monitor / Screen कम्प्युटर मनिटर वा स्क्रीन

मनिटर या प्रदर्शन कम्प्यूटरले गरेको कम को नतिजा देखाउने एक डिजिटल विद्युतीय प्रदर्शन यन्त्र हो। यो  हामीले चलाउने कम्प्युटर मा जडान गरिएको hardware  यन्त्र हो जसको सहयता ले  हामीलाई कम्प्युटर को कम  जानकारी को  दृष्य आफ्नो  आँखा मा देखयिदिन्छ। यसलाई अंग्रेजी मा Display डिस्प्ले या Monitor भनिन्छ।"A monitor or a display is an electronic visual display for computers" मनिटर कम्प्युटर को स्क्रीन हो जसलाई नेपालीमा प्रदर्शन पनि भनिन्छ। जहाँ हामी कम्प्युटरको कार्यक्रम कम सजिलै हेर्दछौ । पहिले पहिले यी मनिटरहरू मोनोक्रोम (एकै रंगको) हुने गर्थ्यो अहिले सबै रङिन हुन्छन् मनिटर को काम प्रदर्सन गर्नु हो।यो कम्प्युटरको स्क्रीन हो। कम्प्युटरमा के काम भैरहेको छ, के काम गर्न के निर्देशन (Command) दिनु पर्छ भन्ने हेर्न मोनिटर प्रयोग हुन्छ। मोनिटर सिपियू बाकसको VGA (Display कार्ड) मा डाटा केबुल (VGA केबुल) का माध्यमबाट जोडिएको हुन्छ। मोनिटरको लागि छुट्टै बिजुली चाहिने भएकाले यसमा एउटा पावर केबुल पनि जोडिएको हुन्छ। कुनै मोनिटरमा सिपियूको पावर सप्लाई यूनिट बाटै पावर केबुल जोड्न मिल्छ भने कुनै मोनिटर सीधै बिजुलीको प्लगमा जोडिन्छ। साधारण मोनिटर टेलिभिजन सेट जस्तै क्याथड्रे ट्युब प्रयोग गरी बनाइएको हुन्छ। आजकल एल.सी.डी. डिस्प्ले भएका फ्ल्याट र प्लाज्मा मोनिटरको प्रयोग पनि बढ्दै गैरहेको छ। कुनैकुनै मोनिटरबाट नै कम्प्युटरमा निर्देशन (Command) दिन मिल्छ जसलाइ टचस्क्रीन भनिन्छ। मोनिटरलाई भि.डि.यू. (Visual Display Unit) पनि भनिन्छ।

Monday, April 21, 2014 | 0 comments | Labels: ,

0 comments:

Post a Comment