twitter

फेसबुकले आफ्ना करोडौँ प्रयोगकर्ताहरुको सुविधाको लागि आफ्नो साइटलाई डेक्सटप (Desktop/Computer) र मोबाईल (Mobile) दुवै भर्सन (version) मा उपलब्ध गराएको छ । तरपनि फेसबुकमा समावेश गरिएका धेरै सेवा र फिचर (Features) हरु प्रयोग गर्न नमिल्ने भएकोले तपाईहामीमध्ये धेरैलाई मोबाईल भर्सन ले पुरा सन्तुष्टि भने दिन सकेको छैन । यहि कुरालाई ध्यानमा राखेर आज यस लेखमा जुनसुकै प्रकारका मोबाईलफोनका  ब्राउजरबाट पनि डेक्सटप भर्सनमा जस्तै कम्प्यूटरमा जसरी फेसबुक चलाउने उपाएलाई समावेश गरिएको छ, यसबाट प्राय : मोबाईलबाटै विभिन्न फेसबुक एप्लिकेशन वा पेजहरु चलाउन चाहाना राख्ने प्रयोगकर्ताहरुलाई पक्कै पनि धेरै सजिलो हुनेछ ।
 अब कसरी चलाउने त मोबाईलबाट कम्प्यूटरमा जसरी फेसबुक ?

सबैभन्दा पहिला तपाई आफ्नो मोबाईलको वेब ब्राउजरमा गई फेसबुक खोल्नुहोस् र आफ्नो एकाउन्टमा लगईन
गर्नुहोस् ।
अनि Log In गरीसकेपछि ब्राउजरको Address Bar मा www.facebook.com/home.phpटाईप गरेर ok गर्नुहोस्, । अब यस पछाडी तपाई फेसबुक  मोबाईलमा पनि  कम्प्युटरकै जसरी खुल्नेछ र तपाईले मज्जाले चलाउन सक्नुहुनेछ ।

Monday, February 18, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment