कसरी बनाउने त फेसबुकमा नोटिफिकेसनहरु आफ्नो इमेलमा नआउने ? Disable Email Notifications From Facebook?
यो पोस्टमा तपाईहरुले यसरी फेसबुक एकाउन्टबाट नोटिफिकेशनको रुपमा आफ्नो इमेल एकाउन्टको Inbox मा आउने इमेलहरुलाई कम गर्ने वा आउँदै नआउने बनाउन के गर्ने भन्नेबारेमा जानकारी प्राप्त गर्नुहुनेछ
कसरी फेसबुकका नोटिफिकेसनहरु आफ्नो इमेलमा नआउने बनाउने ?
स्टेप १
आफ्नो फेसबुक एकाउन्टमा Log In गर्नुहोस् ।मोबाईल प्रयोगकर्ताहरुले कम्प्यूटरमा जसरी फेसबुक चलाउने उपाए यहाँ हेर्नुहोला )
स्टेप २
पेजको माथि दायाँपट्टि रहेको एकाउन्ट मेनु ( )मा क्लिक गर्नुहोस् र Account Settingsअप्सन छान्नुहोस् ।
स्टेप ३
Notifications मा क्लिक गर्नुहोस् ।
Step ४
अब खुल्ने पेजलाई तलतिर scroll गर्नुहोस् । त्यहाँ All Notifications अन्तर्गत Facebook, Photos, Groups, Pages, Events, Questions, Notes, Links, Video, Help Center, Wall Comments, Other Updates From Facebook, Credits, Other Applications आदि अप्सनहरु देख्नुहुनेछ ।
Step ५
हरेक अप्सनको छेउमा रहेको Edit बटन मा क्लिक गर्नुहोस र देखिने सबै अप्सनहरुसगैँ रहेका बक्समा टिक मार्क (Tick Mark √ ) छन् भने हटाएर Save Changes गर्नुहोस् ।
यति गरेपछि तपाईले फेसबुकबाट कुनै पनि इमेल पाउनुहुनेछैन । तपाईलाई आवश्यक र महत्वपूर्ण लागेका नोटिफिकेशन पाउन चाहानुहुन्छ भने सम्बन्धित अप्सनमा टिक राखेर सेभ गर्न सक्नुहुन्छ ।
0 comments: