twitter












हुन त मैले यो भन्दा पनी पहिलाको पन्नाहरुमा तपाईंको कम्प्युटरको लागी धेरै थरीका कुन Windows मा कसरी Password अथवा Security code राख्ने भन्ने बारेमा जानकारी गराइसकेको छु त्यसको लागी तपाईं यो लिंकमा गएर हासिल गर्न पनि सक्नुहुन्छ तर आज म हजुरलाई Internet Explorer मा पनि Password ले lock गर्न सकिने प्रत्यक New Tab Open गर्नु पर्दा Password अनिबार्य राख्नु पर्ने अनि एकै Website को एक पन्नाबाट अर्को पन्नामा जानुपर्दा पनि Password नराखी नखुल्ने यो एकदम भरपर्दो छ तपाईंले आफ्नो बालबच्चा अथवा साथीहरुलाई आफ्नो कम्प्युटरबाट टाढा बनाउनको लागी केवल Password थाहा भएको व्यक्तीले मात्रै चलाउन सक्ने तर ध्यान दिनुहोला यो Password मात्र Internet Explorer मा मात्र लागु हुनेछ Firefox, Google Chrome, Opera, जस्ता अन्य Browse हरुमा भने लागु हुने छैन आउनुस तल हेर्नुहोस कसरी राख्ने बिना कुनै 3rd softwer use नगरी Internet Explorer मा Password कसरी राख्ने
१.सबैभन्दा पहिला आफ्नो Desktop बाट "Start" button मा क्लिक गरेर "All Control panel" मा जानुहोस र त्यहाँ "Internet Options" मा क्लिक गरी त्यसलाई खोल्नुहोस
 २ त्यसपछी Top मा रहेको "Content" मा क्लिक गरेर तल "Enable" मा क्लिक गर्नुहोस
 ३ त्यसपछी फेरी अर्को नयाँ Pop Up Windows खुल्नेछ र त्यहाँ पनि हजुरले Top मा रहेको "General" मा क्लिक गरेर तल "Create Password" मा क्लिक गर्नुहोस
 ४. अब चाहिं Password बनाउनको लागी एउटा छुट्टै Pop up windows खुल्नेछ र त्यहा हजुरले Password लेखेको खालि कोठाभित्र कुनै पनि आफुलाई मन लागेको Password राख्नुहोस र तल Confirm Password भनेको कोठाभित्र हजुरले माथिको कोठाभित्र टाईप गरेको password त्यहाँ Repeat गर्नुहोस र तल "Ok" बटन थिच्नुहोला
 ५. त्यसपछी तपाईंलाई दुइ ओटा प्रश्न सोध्नेछ Hint: password पनि राख्ने की नराख्ने भनेर त्यसैले हजुरले त्यहा "No" button थिच्नुहोला
 ६. अनि त्यसपछी फेरी अर्को Pop up windows खुल्नेछ र त्यहा "Ok" button दबाउनुहोला
 ७. त्यसपछी तल "Apply" button थिच्नुहोला
८. अब त्यहा Pop up windows खुल्नेछ र हजुरले त्यहाँ "Ok" बटन थिचीदिनुहोला
९.तपाइंले Internet Explorer मा Password राख्नमा सफल हुनुभएको छ त्यसको लागी धेरै-धेरै धन्यबाद छ हजुरलाई मेरो तर्फबाट अब सबै Windows बन्द गरीदिनुहोला र Internet Explorer खोलेर हेर्नुहोस त्यहाँ यो तलको जस्तो चित्र देखिनेछ मतलब हजुरलाई Password मागेको छ Page खोल्नको लागी र हजुरले Password टाईप गरेर माथी "Ok" बटन थिच्नुहोला
 कस्तो लाग्यो तपाइंलाई यो तरीका फेरी-फेरी पनि हाम्रो अनलाईन कम्प्युटर साईन्स इनिस्टीच्युट भ्रमण गर्न नबिर्सनुहोला हामि यस्तै-यस्तै नयाँ-नयाँ सामाग्रीहरु दिंदै गर्छौं धन्यबाद
यदी तपाइंले Internet Explorer मा पहिला नै Password राखिसक्नु भएको छ र त्यसलाई हटाउन चाहनुहुन्छ भने यहाँ गएर हटाउन सक्नुहुन्छ।
Tuesday, January 1, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment