twitter

के तपाईंले पनी बारम्बार यस्तो समस्या भोगीरहनु भएको छ Internet explorer cannot display the webpage हो तपाईंले जती चोटी प्रयास गर्नुभए पनि एक पेज बाट अर्को पेजमा जानको लागी बारम्बार यही message आउने अनि अर्को पेज खुल्दै नखुल्ने र फेरी पहिलाकै पेजमा जान खोज्दा पनि नहुने फेरी त्यहि message आउने दिक्क पारीसक्यो छैन केही उपाए पुरै Windows नै बन्द गर्नु पर्ने हुन्छ र फेरी बन्द गरेर खोल्यो भने पनि हुन्छ या हुँदैन केहि भरोसा छैन तर त्यसरी Windows नै बन्द गरेर खोल्नको लागी पनी त समय लाग्छ त्यसैले आज मैले यसलाई Windows बन्द नगरी कसरी समाधान गर्ने त भन्ने बारेमा चर्चा गर्न जाँदै छु यस्तै समस्या बारेमा मैले लेखिसकेको छु यसमा गएर हेर्न सक्नुहुन्छ तर त्यो भने तपाईंको अर्कै समस्या हो र यो अर्कै हो त्यसैले आउनुस तल हेरौं

१. जब तपाईं एक पेजबाट अर्को पेजमा जानु पर्दा खुलेन भने यस्तो चित्र अर्थात message दिन्छ Internet explorer cannot display the webpage तल हेर्नुहोस यदी त्यसो भएमा तपाईंले Diagnose connection problems मा क्लिक गर्नुहोस

२. त्यसपछी अब अर्को Pop up Windows खुल्नेछ र तपाईं केही समय पर्खनुहोस














३. त्यसपछी आँफै फेरी अर्को Pop up Windows खुल्नेछ र त्यहाँ हजुरले तल Closeबटन थिच्नुहोस

हजुरले "Close" button थिचिसकेपछी  अब Automatic Webpage खुलिनेछ

यहाँ माथी भनेझैं गर्नाले अलि समय लाग्छ त्यसैले यदी Internet explorer cannot display the webpage भनेर Page खुलेन भने यहाँ तलको तरीकाबाट पनि Webpage खोल्न सकिन्छ

१. यदी त्यस्तो समस्या भएमा सबैभन्दा पहिला Keyboard बाट "ALT" key थिच्नुहोस र माथी "File" मा Click गरी तल "Work Offline" मा Click गर्नुहोस

त्यसपछी keyboard बाट "F5" key थिच्नुहोस  अर्थात Page Refresh गर्नुहोस त्यसपछी तपाईंले खोल्न खोजेको Webpage सजिलै संग खुल्नेछ
यस माथीको तरीका बाट  सधै को लागी भने समस्या हल भनेको छैन माफी चाहन्छु त्यसको बारेमा हामीले लेख्न भ्याएको छैन पछी अबश्य लेखेर हजुरहरुको अगाडी अबश्य उपश्थित हुनेछु अहिलेलाई भने यदी हजुरले जती पटक पेज खोल्न खोज्यो त्यती पटक नै यस्तो message Internet explorer cannot display the webpage देखीएमा हजुरले पटक-पटक यो माथीको उपाय अपनाएर आफुले खोल्न खोजेको पेज सजिलै संग खोल्न सक्नुहुन्छ धन्यबाद
Thursday, December 27, 2012 | 0 comments |

0 comments:

Post a Comment