twitter

System unit यन्त्र साचो कम्प्युटर हो बाकी कम्प्युटरका पुर्जा हुन । पुर्जाहरूलाई अंग्रेजीमा peripheral device भनिन्छ । एक पटक आफ्नो कम्प्युटर मा हेर्नुस एउटा ठुलो बाकसबाट तारहरु आएर तपाइको टिभी जस्तो स्क्रीनमा जोडिएको छ । तपाईंको हातमा भएको मुसा जस्तो पुर्जा पनि तेही बाकस केप्रई (केन्द्रीय प्रशोधन इकाई, CPU ) सँग तारले जोडिएको छ । तेही बाकस भित्र CPU = Central Processing Unit) रहेको हुन्छ । जुन कम्प्युटर को मुख्य दिमाग व मुटु हो। तेही केप्रई (केन्द्रीय प्रशोधन इकाई, CPU ) मा सबै सबै तथ्यहरु प्रसोधन हुन्छन ।   
तपाईको कम्प्युटर मा कम्तिमा एउटा CD/DVD हाल्ने ठाउँ, अलि पुरानो कम्प्युटर भए Floppy हाल्ने ठाउँ होला । यिनीहरु तपाईको कम्प्युटर मा गरिएका कार्यहरु/फाइलहरू बचाएर राख्न लाई प्रयोग गरिन्छ, वा रेकर्ड गरेको कुरा कम्प्युटर मा हेरिन्छ सारिन्छ वा प्रसोधन गरिन्छ । यिनीहरु external storage device (बाहिरी भण्डारण यन्त्र) हुन् । कम्प्युटर भित्र पनि फाइल बचाएर (save ) राख्ने Drive (भण्डार) हुन्छ । त्यसलाई hard drive भनिन्छ । वास्तवमा Hard को अर्थ कडा हो, र soft को अर्थ नरम , सब्दिक अर्थमा हेर्दा , harware भन्नाले  कम्प्युटरका कडा बस्तु र software भन्नाले नरम अर्थात नदेखिने कम्प्युटर भाषा र सम्यन्त्र भन्ने बुझिन्छ । 
सि पि यू बाकस (CPU Box) वा क्याविनेट
क्याविनेट वा केसिङ सबैतिर बन्द गरिएको बाकस आकारको हुन्छ। साधारण बोलचालको भाषामा कम्प्युटरको मुख्य बाकसलाई सि पि यू बाकस भन्ने गरिन्छ। कम्प्युटरका इनपुट र आउटपुट का सबै यन्त्रहरू यसमा आवद्ध हुन्छन्। त्यसैले कम्प्युटरको सबैभन्दा महत्वपूर्ण भाग पनि यही नै हो। कम्प्युटरको दिमाग नै सि पि यू अर्थात् केन्द्रीय सम्पादन इकाइ हो। छोटकरीमा यसलाई प्रोसेसर मात्र पनि भनिन्छ। यो सिपियू बाकसभित्र रहेको मदरबोर्ड मा जोडिएको हुन्छ। यसैको गति (CPU Speed) का आधारमा कम्प्युटरको क्षमता निर्भर रहन्छ। हामीले अह्राए अनुसार प्रोसेसरले तथ्यांकलाई प्रशोधन गर्ने गर्दछ।
Saturday, January 26, 2013 | 0 comments | Labels:

0 comments:

Post a Comment